बझाङमा बन्न लागेको अनाथ बालगृहका लागि राजेश हमालले दिए एक लाख सहयोग, सहयोगी मनलाई फेरी पनि धन्यवाद

राजेश हमाल अहिले एपीवान टेलिभिजनबाट प्रसारण हुने ‘को बन्छ करोडपति’ सञ्चालन गरिरहेका छन् । सो कार्यक्रम होस्ट गर्नबाट बचेको समय उनी सामाजिक सेवामा सक्रिय हुने गरेका छन् ।यही बीचमा उनी विभिन्न व्यावसायिक कम्पनीले उतपादन गरेका विज्ञापनमा पनि अभिनय गर्ने गरेका छन् ।

चलचित्रमा अभिनय नगरे पनि उनको व्यस्तता र लोकप्रियतामा कुनै कमी आएको छैन ।नायक राजेश हमालले सामाजिक अभिन्यता केपी खनालमार्फत बझाङमा बन्न गइरहेको अनाथ बालगृहका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् । खनाल नेपालकै कान्छो सामाजिक अभियन्ता हुन् ।उनले काठमाडौं उपत्यकामा फोहोर सफाइ गर्नेदेखि लिएर दुर्गममा बालश्रम बनाउने, पुस्तकालय निर्माण गर्ने गरेका छन् ।