कोरियामा दुई कविलाई अनेसासको विशिष्ट सम्मान

प्रकाशित मिति :2016-11-07 09:43:26

anesas-samman1अन्तराष्ट्रिय नेपाली साहित्य  समाज   दक्षिण कोरियाले महाकवि लक्ष्मी प्रसाद देवकोटाको कृति र व्यक्तित्वको चर्चा साथै स्रस्टा सम्मान गरेको छ ।

१०८ औं देवकोटा जयन्तीको अवसरमा आइतबार गरिएको कार्यक्रममा साहित्यकार निर्मोही व्यास र कोरियन कवि किम ह्यङ ह्योलाई अनेसासले  विशिष्ट सम्मान गरेको  छ ।  २०१७ सालदेखि लेखन यात्रा थालेका व्यासले कविता–काव्य ,आख्यान, यात्रासाहित्य, संस्मरण, समालोचना गरी दर्जन बढी  पुस्तकहरु प्रकाशित गरेर छन्  ।  साथै उनका  विभिन्नपत्रपत्रिकामा लेख, समालोचना, कविता, गीत, कथा, निबन्ध, संस्मरण र नियात्रा गरी ३०० जति फुटकर रचनाहरू प्रकाशित छन् ।

कार्यक्रममा नेपाली नाम सगरमाथा गुरुङबाट परिचित कोरियन कवि किम ह्यङ ह्योलाई   विशिष्ट सम्मान गरिएको थियो । कवि किमका मुना मदनको आकाश, बाटो हिँड्ने बटुवाहरु, खुशी मानिस र आकाशे समुन्द्रको गीत  नेपाली र कोरियन भाषामा प्रकाशित बाल साहित्य हुन भने उनले महाकवि देवकोटाको यात्री र वन कविता कोरियन भाषामा अनुवाद गरि प्रकाशित गरेका छन ।

रचनाकार सुर्य खत्री घायल पनि  सम्मानित भएको  कार्यक्रममा साहित्यकर्मीहरुले महाकविको कृति स्मरण तथा उनका लेखन शैलीबारे चर्चा गरे ।  साहित्य अनुरागीहरुको जमघट भएको कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य  समाज   दक्षिण कोरियाका महासचिव प्रमोद सारंगले देवकोटाको लेखाईको धाराप्रवाह विशिष्ट रहेको बताए । अर्का साहित्यकर्मी बलदेव भट्टराईले साहित्यमा झ्याउरे लय र स्वच्छन्दतावादी धार  देवकोटाले भित्राएको स्मरण गरे ।

कार्यक्रममा प्रमोद सारंग, कोरियन कवि किम ह्यङ ह्यो, बलदेव भट्टराई ,सुर्य खत्री घायल,गंगा बस्नेतले अमृत गिरि र बिनोद साबुदले  आफ्ना रचना बाचन गरे । गजलकार जितेन्द्र बानियाको गुरासहरु बिदेशिए उन्यु  फुलेकोछ बानेश्वरमा , राज्य चाहनेहरु लिन जाउ पसल खुलेको छ बानेश्वरमा  गजलले धेरैको ध्यान खिचेको थियो  ।


ताजा समाचार