नेपाली बृहत् शब्दकोश २०७२ खारेजः प्रज्ञा प्रतिष्ठान

प्रकाशित मिति :2016-11-18 07:46:46

nepal-acadamykharejमंसिर ३, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषाको वर्र्णिवन्यासमा विवाद चुलिदै भएपछि नेपाली बृहत् शब्दकोश २०७२ खारेज गरेको छ । नेपाली भाषाको परिवर्तनका लागि प्रयास गरिएपनि विवास्पद बनेको हुँदा बृहत् शब्दकोश २०७२ प्रज्ञाले खारेज गर्ने निर्णय गरेको हो ।

गत कात्तिक ३० गतेको प्राज्ञिक परिषद् बैठकले निर्णय गरेको बिहीबार प्रतिष्ठानका कुलपति गंगााप्रसाद उप्रेतीले जानकारी दिए । उनले भने, ‘नेपाली भाषाको परिवर्तनका लागि प्रयास गरिएको भए पनि त्यो विवादास्पद बनेको हुँदा सबैले स्वीकार्ने गरी व्याकरण बनाइन्छ ।’

नेपाली भाषा बचाउ आन्दोलन लगायतले मानक नेपाली भाषाको मौलिकतामा प्रहार गर्न नहुने भन्दै आवाज उठाएपछि प्रतिष्ठानले यसबारे पुनरवलोकन गर्न भाषाविद प्राडा चूडामणि बन्धुको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो ।

प्रतिष्ठानले सरोकार भएका पक्षसँगको समन्वय तथा छलफलबाट समयसापेक्ष नेपाली भाषाको वर्र्णिवन्यास परिवर्तनका लागि प्रयत्न गरेपछि सो सम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको थियो ।

माओवादी नेता दीनानाथ शर्मा शिक्षा मन्त्री भएका बेला मन्त्रिस्तरीय निर्णय गर्दै विद्यालय सँगै कक्षा १२ सम्म नयाँ वर्र्णिवन्यास लागु गर्ने निर्णय भएको थियो । मन्त्रिस्तरीय निर्णय भएपछि विद्यालयमा सोही अनुसारका पुस्तक पढाइ हुँदै आएका छन् ।

प्रज्ञा प्रतिष्ठानले बृहत शब्दकोष २०७२ खारेज गरेपनि यसरी पढाइभइरहेका पाठयपुस्तक बारे केही बोलेको छैन ।

Anandamrit


ताजा समाचार