फेसबुकमा भाइरल भयो किशोरीको बर्थ डेको निम्तो, १२ लाख पाहुना आउने

सायद कुनै शुभकार्यको लागि निम्तो गर्दा वा कुनै सन्देश प्रवाहित गर्दा फेसबुक सबैभन्दा सजिलो माध्यम हुनसक्छ । यहीँ सजिलोलाई उपयोग गर्ने ध्याउन्नमा एक जना मानिसको भने बाह्रै बज्ने देखिएको छ ।

मेक्सिकोका एक मानिसले आफ्नी १५ वर्षिया छोरीको जन्मदिनमा फेसबुकबाट निम्तो पठाउँदा अकल्पनीय परिणाम भोग्नुपरेको छ । फलतः लाखौँ पाहुना उनको छोरीको बर्थडे पार्टीमा आउने सम्भावना रहेको छ ।

क्रेस्सेन्सियो इबाराले आफ्नी छोरी रुबीको बर्थडेमा आउनका लागि फेसबुकमा राखेको भिडियो भाइरल नै बन्यो । अन्ततः झण्डै १२ लाखले उनको निम्तो स्विकारीसकेका छन् ।

भिडियोमा उनले भनेका छन्ः हेलो, के छ खबर ? आगामी डिसेम्बर २६ मा आयोजना हुने हाम्री छोरी रुबी इबारा ग्रासियाको बर्थडे पार्टीमा हामी तपाइँलाई निम्तो गर्दछौँ । सबै जनालाई हार्दिक निम्तो छ ।

त्यसपछि फेसबुकमा उनको निम्तो पब्लिक भयो र मानिसहरुले त्यसलाई शेयर गर्न थाले । ला जोया भन्ने गाउँमा आयोजना गर्ने भनिएको उक्त पार्टीमा सहभागी हुने निम्तो आफुले स्विकार गरेको र पार्टीमा सहभागी हुने जानकारी १२ लाख भन्दा धेरै मानिसले गराइसकेका छन् ।

रुबीको बर्थडे पार्टी साँच्चीकै भव्य हुने देखिएको छ । एक एयरलाइन्सले ला जोया नजिकैको एयरपोर्ट सम्म जाने टिकटमा ३० प्रतिशत छुट दिने घोषणा गरकेो छ ।

लखौँ मानिस सहभागी हुने उक्त बर्थडे पार्टीमा हुनसक्ने सम्भावित  घटनालाई मध्यनजर गर्दै रेडक्रसलाई सचेत गराइएको छ भने त्यहाँ सुरक्षाकर्मी पनि परिचालन गरिनेछ ।

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार