नेपाललाई माथिल्लो स्तरको क्रिकेट खेल्न दिने आईसीसीको ‘प्रस्ताव’

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालसहित टप एशोसिएट देशलाई पनि माथिल्लो स्तरको क्रिकेट खेल्ने मौका दिने प्रस्ताव गरेको छ ।

पूर्ण सदस्य राष्ट्रको संख्या बढाउन आईसीसीले गृहकार्य गरिरहेको आईसीसीका सीईओ डेभिड रिचार्डसनले बताए । उनका अनुसार माथिल्लो स्तरको क्रिकेट खेल्ने देशको संख्या १५-१६ बनाउने शशांक मनोहरको नेतृत्वमा आईससीसीले काम गरिरहेको छ ।

श्रीलंका क्रिकेट र एसीसी अध्यक्षको निम्तोमा कोलम्बो पुगेका आईसीसी सीईओ रिचार्डसनले भने, लामो समयदेखि हामीसँग १० पूर्ण सदस्य छन् ।

यदि हामी आफैंप्रति इमान्दार हुने हो भने ८ वा सम्भवत ९ टिमले माथिल्लो लेभलको क्रिकेट खेल्छ ।’ उनले अघि भने, हामी अफगानिस्तान, नेपाल, मलेसिया र अरु थुप्रै एसियन क्षेत्रका देशलाई समावेश गरेर यो संख्यालाई १५-१६ बनाउन चाहन्छौं ।’

आईसीसीमा यसअघि पनि टप एशोसिएट टिमलाई समावेश गरेर टेष्ट क्रिकेटमा दुई डिभिजन बनाउन छलफल भएको थियो । तर, भारत, बंगलादेशसहितका देशले विरोध गरेपछि यो प्रस्ताव आईसीसीको बोर्ड बैठकको एजेण्डामा नै राखिएन ।

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार