यस कारण भएको थियो डब्लुडब्लुई च्याम्पियन चायनको मृत्यु, ८ महिनापछि भयो खुलासा

प्रकाशित मिति :2016-12-17 11:16:41

डब्लुडब्लुईकी महिला च्याम्पियन चायनको मृत्युको रहस्य ८ महिनापछि खुलेको छ । आफ्नो समयमा महिला च्याम्पियनको सबैभन्दा सानदार रेसलर चायनाको मृत्यु धेरै रक्सी र ड्रग्सको सेवनले भएको बताइएको छ । चाइनालाई गत अप्रिल २० तारिखमा क्यालिफोर्नियास्थित उनको घरमा मृत पाइएको थियो ।

– प्रो रेसलिङ सिटका अनुसार हल अफ फेममा पुग्न असमर्थ भएपछि चायनाले धेरै रक्सी पिउन थालेकी थिइन् ।

रक्सीसँगै ड्रग्सको सेवनले चायनाको ज्यान लिएको बताइएको छ ।

– उनीमाथि डकुमेन्ट्री बनाउने निर्देशक एरिक एंगराका अनुसार चायनको रक्सीको लत केहि समयदेखि निकै बढेको थियो जसको नतिजा उनले भोग्नु पर्यो ।

– चायना डब्लुडब्लुईकी एक मात्र यस्ती रेसलर थिइन् जसले इन्टरकन्टिनेन्टल च्याम्पियनशिप जितेकी थिइन् जसका कारण उनले हल अफ फेममा समावेश हुनुपर्ने थियो ।

– डब्लुडब्लुइका प्रमुख ब्रान्ड अफिसर स्टेफनी म्याकमेहनले यो वर्षको मे महिनामा उनलाई हल अफ फेममा संलग्न गरिने बताएका थिए ।

– तर उनले बताएजस्तो नभएपछि चायना रक्सीको आदी बनिन् जसले उनलाई मृत्युसम्म पुर्यायो ।

– उनको मृत्युपछि ट्रिपल एचले उनी सम्मानको हकदार रहेको बताए ।

Notes Nepal

ताजा समाचार