मलेसियाली रिंगेटको भाउ १८ बर्ष यताकै सबैभन्दा कम, नेपाली कामदार मर्कामा

Loading...

पुस ५ गते- मलेसियाली मुद्रा रिंगेटको मूल्य १८ बर्षकै सबैभन्दा कम भएको छ । कम भएको मूल्य १८ बर्षकै सबैभन्दा कम हो । यसअघि सन् १९९८ मा एशियामा भएको वित्तीय संकटका बेला रिंगेटको मूल्य घटेको थियो । अहिले प्रति डलर ४.४८ रिंगेट मात्रै विनिमय दर कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि प्रति रिंगेटको विनिमय दर २४ रुपैयाँ २८ पैसा तोकेको छ । गतवर्ष भने प्रति रिंगेट २७ रुपैयाँ २८ पैसासम्म पुगेको थियो । रिंगेटको मूल्य अझै घट्नसक्ने देखिएको छ । यसको प्रत्यक्ष असर मलेसियामा काम गर्ने कामदारहरुमा पनि परेको छ ।

Notes Nepal
Loading...

Loading...

Loading...

ताजा समाचार