म यसरी आउँछु कि, फेरि एकचोटि तहल्का मच्चिनेछ : भूवन केसी

काठमाडौं । सर्वाधिक हिट फिल्म दिने अभिनेताका रूपमा पनि लिइन्छ उनलाई । तर, पछिल्लो समय उनी पर्दामा देखिएका छैनन् । ‘ड्रिम्स’ फिल्मबाट निर्देशकका रूपमा डेब्यु गरेका भुवन अचेल ‘कृ’ फिल्मको तयारीमा छन् ।

‘मैले अभिनय छाडेको होइन,’ भुवन भन्छन्, ‘म कलाकार हुँ । त्यसैले जिन्दगीभर अभिनय छाड्न सक्दिन“ । तर, केही समय पर्दाबाहिरै रहन चाहेको छु । आफूलाई फिट हुने, मन पर्ने भूमिका भयो भने मात्रै फिल्म खेल्छु ।’ ड्रिम्समा आफूलाई मिल्ने भूमिका नभएर अभिनय नगरेको बताउने भुवन ‘कृ’मा पनि देखिने छैनन् ।

‘खेल्नका लागि खेल्ने होइन कि, पहिला झैँ तहल्का मच्चाउने गरी मात्रै पर्दामा आउँछु,’ उनी भन्छन्, ‘म दर्शकलाई निरास पार्न चाहन्नँ । त्यसैले पैसाका लागि मात्र, जुन पायो त्यही रोलमा, संख्या बढाउन या अन्य कुनै स्वार्थमा म दर्शकलाई धोका दिन चाहन्नँ ।’

‘कृ’पछि भुवन आफ्नो निर्देशनमा दोस्रो फिल्म निर्माण गर्ने योजनामा छन् । सो फिल्ममा अनमोल नै प्रमुख भूमिकामा हुनेछन् । तर, सो फिल्ममा पनि आफूले अभिनय नगर्ने मनसाय भुवनको छ । ‘म केहीपछि पर्दामा आउँछु । यसरी आउँछु कि, फेरि एकचोटि तहल्का मच्चिनेछ,’ भुवन भन्छन्, ‘त्यो खालको स्क्रिप्टको खोजीमा छु ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Notes Nepal
loading...

Loading...

ताजा समाचार