परदेशबाट बिमानस्थलमा लास आईपुग्यो : विद्या निर्दोष पहाडी

प्रकाशित मिति :2016-12-23 14:07:07
Loading...

धनराज वास्तविक: काठमाडौं, ८ पुस । दैलेख तिलेपाटाका सर्जक विद्या निर्दाेष पहाडी निक्कै शसक्त सिर्जनशिल श्र्रष्टा हुन् ।

सञ्चारकर्मिको रुपमा रेडियो भेरीमा काम गर्दै आएका पहाडीको पछिल्लो समयमा पुरा भएको गजल आजको सर्जक र सिर्जनामा :

गजल

नाकमा आक्रमण गर्नेगरि अत्तर लगायो ।
अनि चोक चोकमा पुगेर नजर लगायो ।।

परदेशबाट बिमानस्थलमा लास आईपुग्यो ।
यता सरकारले भने घरमा डोजर लगायो ।।

सदाझैँ जागिरको अन्तरवार्ताकालागि जानुछ ।
उस्ले बाहिर गन्जि लगायो भित्र स्विटर लगायो ।

आज उहीँ आएर आगो सल्कायो अनि गयो ।
जस्का लागि भनेर हिजो उसले घर लगायो ।।

संविधान भन्छ सरकारको आदेस मान्नुपर्छ ।
सोचौं,जस्तो सरकारले मर्नै पर्ने कर लगायो ??

विद्या निर्दाेष पहाडि

Notes Nepal
Loading...

Loading...

ताजा समाचार