राम्रो मान्छे पाउँदा किन कुर्नु भनेर विवाह गरेँ : अभिनेत्री स्वस्तीमा

प्रकाशित मिति :2016-12-25 09:08:39

काठमाडौं, पुस ८ – अभिनेत्री स्वस्तीमा खड्कालाई अन्तर्वार्ता दिँदा सबैभन्दा धेरै सोधिने प्रश्न हो, सानो उमेरमा किन विवाह गर्नुभयो ?
हालै मात्र लण्डने काकाको यु ट्युब शो ह्वात्तै हिटमा सिनेमा ‘लभ लभ लभ’को प्रमोशन गर्न पुगेकी उनलाई फेरि पनि त्यहि प्रश्न दोहोरीयो ।

यसको जवाफ उनले राम्रो मान्छे पाएँ अनि किन कुर्नु जस्तो लाग्यो विवाह गरेँ भनेर जवाफ दिइन् । त्यस्तै विवाह भइसकेपछि धेरैलाई उनीहरुको सन्तान कहिले हुन्छ भन्ने कौतुहलता पनि लागिरहेको छ । सबैको कौतुहलतालाई मध्यनजर गर्दै लण्डने काकाले स्वस्तीमालाई सन्तान कहिले जन्माउने भनेर सोध्दा उनले आफू सानै भएको प्रतिकृया दिइन् ।

उनले अहिले नै त सन्तानको बारेमा सोचेको छैन । म आफैँ बच्चा छु कसरी बच्चा जन्माउनु भन्दै रमाइलो पारामा जवाफ फर्काएकी छिन् । स्वस्तीमाले गत बर्षको फागुनमा निर्देशक निश्चल बस्नेतसँग विवाह गरेकी हुन् । लण्डने काका र स्वस्तीमाको रमाइलो कुराकानी हेर्नुहाेस् ।

Notes Nepal

ताजा समाचार