डलर झनै कमजोर

Loading...

टोकियोः येनसँगको विनिमयमा सोमबार डलर अवमूल्यन भएको छ । मिश्रित आर्थिक तथ्यांकले अमेरिकी ट्रेजरीको प्रतिफल ओरालो लागेपछि येनसँगको विनिमयमा डलर कमजोर भएको हो ।

क्रिसमस पर्वका कारण सोमबार धेरै प्रमुख बजार बन्द रहेकाले कारोबारको अवस्था निष्क्रिय रह्यो । अमेरिकी डलर ०.२ प्रतिशतले अवमूल्यन भएर ११७.३०० येन कायम भयो । युरो पनि १.०४५७ को विनिमय दरमा कायम रह्यो ।

अमेरिकी ट्रेजरीको प्रतिफल २७ महिनाकै उच्च अवस्थाबाट ओरालो लागेको छ । शुक्रबारको अमेरिकी आार्थिक सूचकलगत्तै डलर घट्दो क्रममा लागेको हो । शुक्रबार सार्वजनिक भएका आर्थिक सूचकहरूमा मजबुत अवस्थाको हाउजिङ र उपभोक्ता विश्वासको तथ्यांक पनि समावेश छन् । अमेरिकी घरधुरीको आम्दानी पनि ओरालो लागेको तथ्यांकले देखाएको छ ।

एसिया, युरोप र उत्तर अमेरिकाका मुख्य बजारहरू बन्द रहेकाले मुद्रा बजारले लाभ लिन सकेन । ट्रम्प प्रशासनको संरक्षणवादी नीतिका कारण डलर/येनको अवस्था १ सय १७ मुनि कायम रहन सक्ने अनुमान लगाइएको मिजुहो सेक्युरिटिजनका प्रमुख मुद्रा रणनीतिकार मासाफुमी यामामोताले बताए ।

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले गत साता चीन आलोचक मानिँदै आएका अर्थशास्त्री पिटर नाभारालाई ह्वाइट हाउस नेसनल ट्रेड काउन्सिलको प्रमुखको जिम्मेवारी दिने बताएका थिए ।

अस्ट्रेलियन डलर शुक्रबार ०.७१६० मा ओर्लिएपछि ०.७१७८ को अवस्थामा रह्यो । यो विनियम दर मे महिनादेखिकै न्यून हो । चिनियाँ राष्ट्रपति सी जिनपिङले वृद्धिक लागि आफू खुला भएको बताएपछिको अवस्थामा यो विनिमय दर कायम भएको हो । चिनियाँ आर्थिक वृद्धि ६.५ प्रतिशत तल झर्ने अवस्थामा देखिएको छ ।

चीनको आर्थिक अवस्थाप्रति अस्ट्रेलिया संवेदनशील रहँदै आएको छ । चीन अस्ट्रेलियाको प्रमुख व्यापार साझेदार मुलुक हो । अस्ट्रेलियामा उत्पादित वस्तुहरू चीनले ठूलो परिमाणमा खरिद गर्दै आएको छ ।

Notes Nepal
Loading...

Loading...

Loading...

ताजा समाचार