हामीले नदेख्ने चन्द्रमाको अर्को रहस्यमयी पाटोमा चीन पहिलो पटक जाँदै

बेइजिङ – चीन चन्द्रमाको टाढाको इलाकामा जाने पहिलो देश बन्दै छ । चीनले मंगलबार आफ्नो स्पेस प्रोग्राममार्फत सो कुराको जानकारी दिएको हो ।

चीनका अनुसार सन् २०१८ मा चन्द्रमाको जुन हिस्सा जुन हामी देख्दैनौं त्यसको अनुसन्धानका लागि यान पठाइनेछ । ‘स्पेस एक्टिभिटिज अफ चाइना – २०१६’ नामबाट जारी गरिएको श्वेत पत्रका अनुसार आउँदो पाँच वर्षमा चीनले आफ्नो ‘मून एक्स्प्लोरेसन’ जारी राख्नेछ ।

– योभन्दा पहिले चीनले चन्द्रमामा आफ्नो रोवर यानलाई पठाइसकेको छ ।

– तर अब चीनको योजना चन्द्रमाको दोस्रो पाटोको खोजी गर्नु हो जहाँ अहिलेसम्म कोही पनि  पुग्न सकेको छैन ।

– श्वेत पत्रका अनुसार चन्द्र यान चांग ई–५ प्रोजेक्ट २०१७ को अन्त्यमा सुरु हुनेछ ।

– यो योजनामा तीन रणनीतिक कदम छन् जुन कक्षामा स्थापित गर्नु, सतहमा उत्रनु र फर्कनु हो ।

अमेरिका चन्द्रमामा मानिस पठाउने एक्लो देशः

– चन्द्रमामा सबैभन्दा पहिले सन् १९५९ को १३ डिसेम्बरमा सोभियत संघको लूना टु उतारियो ।

– अमेरिकाको अपोलो ११ का यात्री २० जुलाई सज् १९६९ लाई सबैभन्दा पहिले चन्द्रमामा अवतरण भयो ।

– सन् १९६९ देखि १९७२ सम्म अमेरिकाले ६ पटक मानिसलाई चन्द्रमामा पठायो । अहिलेसम्म अमेरिका एक्लो देश हो जसले चन्द्रमामा मानिस पुर्याएको छ । डिसेम्बर सन् १९७२ मा अमेरिकाको यो अभियान बन्द भयो ।

चन्द्रमाको अर्को पट्टी के छ ?

– पृथ्वीबाट चन्द्रमाको अर्को पट्टीको १८ प्रतिशत भाग मात्र देखिन्छ । त्यहाँ के छ, कस्तो वातावरण छ, यो अहिलेसम्मकै रहस्य हो । त्यसकारण यसलाई चन्द्रमाको अँध्यारो हिस्सा भनिन्छ ।

Notes Nepal
loading...

Loading...

ताजा समाचार