अनुभव रेग्मी आफ्नी आमाकै अगाडि भन्छन्, प्रियंका कार्कीको छोरा हुन मन पर्छ (भिडियो)

प्रकाशित मिति :2017-01-01 22:03:53
Loading...

काठमाडौं, १७ पुस । चलचित्र नाइँ नभन्नू ल २ बाट चर्चामा आएका अनुभव रेग्मी अहिलेका व्यस्त बालकलाकार हुन् । उनले लगातार विकास आचार्य निर्देशित नाइँ नभन्नू ल सिरिजमा अभिनय गरे । अहिले उनले शब्द र ए मेरो हजुर २ मा अभिनय गरेका छन् । शब्द यही पुस २९ गतेबाट रिलिज हुँदैछ । अनुभव रेग्मीले आफ्नी आमासँग मिडिया एनपीलाई एउटा अन्तर्वार्ता दिएका छन् । आमासँग अन्तर्वार्ता दिँदा अनुभव निकै लजाएका थिए ।

यस्तो छ अनुभव र उनकी आमाको अन्तर्वार्ता : म अहिले पढाइमा व्यस्त छु । भर्खर शब्द र ए मेरो हजुर २ को सुटिङ सकियो । राम्रो भइरहेको छ । सुटिङ गर्दा मेरो पढाइमा कुनै अवरोध पुगेको छैन । किनभने म बिदाको समय पारेर सुटिङ मिलाइरहेको छु ।

मलाई म्याम (शिक्षिका) हरूले हौसला दिनुहुन्छ । म स्कुलमा अनुपस्थित भइहालेँ भने पनि म्यामहरूलाई सोधेर होमवर्कहरू पूरा गर्छु । कुनै कुनै होमवर्क स्कुलमै गर्छु, कुनै घर आएर गर्छु । खेलकुदमा क्रिकेट, साइक्लिङ, स्विमिङ गर्न मन पराउँछु ।

मामुले गाली गर्दा रुन्छु । अनुभवकी आमा (कहिलेकाहीँ रुन्छ । जिद्दि छैन । अहिलेसम्म झगडा गरेको छैन । गुड ब्वाइ छ ।) मेरो ब्याक टु ब्याक फिल्म आइरहेको छ । धेरै प्रशंसा पनि पाइरहेको छु । धेरैले माया गर्नुभएको छ । (बाबुले राम्रो गरेको भन्छन्, गर्व महसुस गर्छु । यही फिल्डमा लागोस् भन्ने थियो । हाम्रो सपना पूरा गरिरहेको छ । यही फिल्डमा लागेर नाम कमाओस् भन्ने छ । त्यस्तो डिस्टर्व छैन । पढाइमा पनि राम्रो गरिरहेको छ । सबै विषयमा प्लस ए (९८ प्रतिशतमाथि) ल्याइरहेको छ ।

बत्ती भएन र टिभी हेर्न पाएन, गेम खेल्न पाएन भने उसलाई अल्छी लाग्छ । म सलमान खानको फ्यान । मलाई सलमान खानको बडी, स्टाइल मन पर्छ । आमा (नेपालमा पनि सलमान खानको जस्तै पपुलर हुन चाहन्छु भन्छ)

शब्दमा कमेडी छ । रोमान्टिक छ । सेन्टिमेन्टल छ । म सौगात मल्लको छोरा भएर अभिनय बनेर खेलेको छु । सबैको छोरा बन्दा मलाई रमाइलो लागेको छ । त्यसमा पनि प्रियंका कार्कीको छोरा बन्दा बढी रमाइलो लाग्यो । उहाँले धेरै सिकाउनु हुन्छ । धेरै माया गर्नु हुन्छ । धेरै केयर गर्नु हुन्छ ।

मलाई रुन भन्दा हँसाउन मन लाग्छ । नाइँ नभन्नू ल ४ मा हँसाएको छु । अहिलेसम्म त्यस्तो हँसाउने फिल्ममा अभिनय गर्न प्रस्ताव आएको छैन ।

 

Notes Nepal
Loading...

Loading...

ताजा समाचार