अष्ट्रेलियामा नेपालीहरुको ग्याङ फाइट, एकको अवस्था गम्भीर

काठमाडौं, १८ पुस – अष्ट्रेलियाको सिड्नीमा नेपाली युवाबीच ग्याङ फाइट भएको छ।

झडपमा एकको अवस्था गम्भिर रहेको बताइएको छ। उनको अहिले सेन्ट भिन्सेन्ट अस्पतालमा उपचार भैरहेको छ। न्यू साउथ वेल्स प्रहरीलाई उदृत गर्दै हिमालय कंगारुले जनाए अनुसार नेपालका २१ वर्षीय युवा सत्कार अधिकारी गम्भीर घाइते भएका हुन्।

अहिलेसम्म पनि उनको खोजीमा आफन्तहरु नआएको भन्दै प्रहरीले खोजी गर्न नेपालीलाई अनुरोध गरेको छ। प्रहरीका अनुसार अंग्रेजी नयाँ वर्षको दिन दुई युवाहरुको बारमा छिर्ने बेलामा झडप भएको थियो।

Notes Nepal
loading...

Loading...

ताजा समाचार