विश्वकै अनौठो स्थान, जहाँका ढुङ्गा आँफै हिँड्दा बैज्ञानिक नै परे हैरान

एजेन्सी । क्यालिफोर्नियाको डेथ भ्यालीमा ढुङ्गा आँफै सर्दा बैज्ञानिकहरु पनि कारण पत्ता लगाउन नसकेर हैरान बनेका छन् । उत्तरी अमेरिकाको सबैभन्दा गर्मी, सुख्खा र विचित्र स्थान डेथ भ्यालीको संरचना र तापक्रमले भू–वैज्ञानिकलाई सधैं अचम्मित पारिरहेको छ ।

जहाँका ढुङ्गालाई ‘सेलिंग स्टोन्स’ को नामले पनि परिचित गराइन्छ । यहाँको रेसट्र्याक क्षेत्रमा २३० किलोग्रामसम्मका ढुङ्गाहरुले आफ्नो स्थान परिवर्तन गरिरहेको देख्न सकिने बैज्ञानिकहरुले बताउका छन् ।

रेसट्र्याक प्लाया २।५ मिल उत्तरदेखि दक्षिण र १।२५ मील पूर्वबाट पश्चिमसम्म पूरै मैदान छ । तर यहाँ छरिएका पत्थर आफै सरिरहन्छन् । यहाँ यस्ता १५० भन्दा बढि पत्थर छन् । चिसो मौसममा यी ढुङ्गाहरु २५० मिटरभन्दा टाढासम्म सर्छन् । यद्यपी, कसैले यी ढुङ्गाहरुलाई आफ्नो आँखाले सरेको नै भने देखेको छैन ।

 

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार