कोरियामा बृहत बनभोज कार्यक्रमका साथ नया बर्ष लाइ स्वागत

प्रकाशित मिति :2017-01-02 20:35:21
Loading...

नया बर्ष २०१७को अवसर पारेर गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले   आयोजना गरेको बृहत बनभोज तथा बिबिध सांस्कृतिक कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ l गत सनिवार राजधानी सोल नजिकै रहेको मिरिम संजाङ्ग रिसोर्टमा भएको उक्त  बनभोज स्थल सम्म  पुग्नको लागि दोंग्देमुन देखि बस को ब्याबस्था समेत  गरिएको थियो l


कार्यक्रममा गुल्मेली सांस्कृतिक टोलिले आफ्नो मौलिक लोक भाकाले उपश्थित सबैलाई भरपुर मनोरंजन दिलाएका थिए l  नृत्यकार दुर्गा कुँवरको जोडदार नृत्यबाट शुरु भएको उक्त सांगीतिक कार्यक्रममा गायककार चरित्र बिष्ट तथा टिका पौडेलले आफ्नो जोडदार प्रस्तुति राखेका थिए l


ऊल्लेखनिय नेपाली दाजुभाई तथा दिदीबहिनी हरुको उपश्थिति रहेको उक्त कार्यक्रममा गुल्मी सम्पर्क समितिका अध्यक्ष्य गान्धिब सुबेदीले नया बर्षको शुभकामना दिदै कार्यक्रम भब्य रुपमा सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णमा धन्यवाद ब्यक्त गर्नु भएको थियो l


कोरियामा रहेका गुल्मेली लगाएत सम्पूर्ण नेपाली हरुलाई समेट्दै गुल्मी सम्पर्क समितिले यस्ताखाले कार्यक्रम गर्दै आइरहेको छ l गत तीजको अवसर पारेर पुर्कोट घर दक्षिणकोरिया को सहकार्यमा भब्य रुपमा सांगेतिक कार्यक्रमको आयोजना थियो l

 

Notes Nepal
Loading...

Loading...

ताजा समाचार