वस्तु तथा सेवा उपभोक्ता संरक्षण संघ कञ्चनपुरद्वारा विद्यार्थीहरुका लागि चेतनामुलक कार्यक्रम, उपभोक्ताको स्वास्थ्य, आर्थिक हित र समृद्विको अधिकार सुनिश्चित गर्ने उदेश्य

Loading...

दशरथ सिँह साउद, बेलौरी, १८ पुष ,

वस्तु तथा सेवा उपभोक्ता संरक्षण संघ कञ्चनपुरले बेलौरीको बरैया स्थित गणेश माध्यमिक विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीहरुलाई आज सोमबार दुई दिने चेतनामुलक कार्यक्रम सम्पन्न भएकोे छ । उपभोक्ताको स्वास्थ्य, आर्थिक हित र समृद्विको अधिकार सुनिस्चित गर्ने उदेश्यले वस्तु तथा सेवा उपभोक्ता महासंघ नेपालले कञ्चनपुरको कुनै दुई विद्यालयमा करिब २ घण्टा कक्षा ९ र १० का विद्यार्थीहरुलाई अनुगमन तथा प्रशिक्षणको लागि २ जना प्रशिक्षक खटाईएको थियो ।
हिजो आईतबार बेलौरी नगरपालिका ४ बुटावारी स्थित सरस्वती माध्यमिक विद्यालयमा र आज सोमबार बेलौरीको बरैया स्थित गणेश माध्यमिक विद्यालयमा दुई दिने कक्षा ९ र १० का विद्यार्थीहरुलाई अनुगमन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकोे छ ।
करिब ७५ जना विद्यार्थीहरुको सहभागिता रहेको बेलौरीको बरैया स्थित गणेश माध्यमिक विद्यालयमा अनुगमन तथा प्रशिक्षण कार्यक्रममा प्रशिक्षक वस्तु तथा सेवा उपभोक्ता संघ कञ्चनपुरका सदस्य पदम शाह र पत्रकार एवम वस्तु तथा सेवा उपभोक्ता संघ कञ्चनपुरकै सदस्य दशरथ सिँह साउद रहनुभएको थियो ।

वस्तु तथा सेवा उपभोक्ता महासंघ नेपालले विद्यालयमा करिब २ घण्टा कक्षा ९ र १० का विद्यार्थीहरुलाई अनुगमन तथा प्रशिक्षणको लागि देशभरि जम्मा १५ कोटा छुट्याईको थियो । जसमध्ये झापामा २ कोटा, मोरङमा २ कोटा, कञ्चनपुर २ कोटा, चितवनमा २ कोटा धादिङमा २ कोटा, कपिल वस्तुमा १ कोटा,रुपन्देहिमा १ कोटा, काँस्कीमा २ कोटा र दाङमा १ कोटा छुट्याईएको बस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपालका अध्यक्ष रोमलाल गिरीले बताउनु भएको छ ।

Notes Nepal
Loading...

Loading...

Loading...

ताजा समाचार