चिसो बढेपछि सामुदायिक विद्यालय ३० दिनका लागि बन्द

Loading...

डडेल्धुरा, पुस १९ । पुस १५ पछि एकाएक चिसो बढेपछि डडेल्धुराका केही सामुदायिक विद्यालय ३० दिनका लागि बन्द गरिएका छन् ।

 

पछिल्लो समय चिसो बढेपछि विद्यालयमा हिउँदे बिदा गरिएको विभिन्न स्कुलका प्रधानाध्यापकले बताएका छन् ।

 

अत्याधिक चिसो र मौसममा समेत आएको परिवर्तनका कारण विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको बाल कल्याण मावि पुइलेकका प्रधानाध्यापक चन्द्रराज जोशीले बताएका छन् । अत्याधिक जाडोले गर्दा कक्षा कोठामा बस्न र पढ्ने/पढाउने वातावरण समेत नभएकाले विद्यालय बन्द गर्नु परेको प्रधानाध्यापक जोशीको भनाइ छ ।

 

चिसोले गर्दा जिल्लाका केही सामुदायिक विद्यालयमा माघ १५ गतेसम्मका लागि हिउँदे बिदा गरिएको हो ।

 

विद्यार्थी लामो दूरी हिँडेर आउनुपर्ने, धेरैजसो गरिब बालबालिकाले परिस्थिति अनुरुप न्यानो लुगासमेत लगाउन नसक्ने हुँदा उनीहरुमा रुघाखोकी, कोल्ड डायरिया,निमोनियाजस्ता समस्या देखिने भएकाले हिउँदे बिदा दिनुपर्ने भएको हो ।

 

चिसोमा बालबालिकालाई पढ्न समस्या हुने र पढाइ पनि प्रभावकारी नहुने भएकाले एक महिनाजति विद्यालय बन्द गर्नु पर्ने भएको सहश्रलिङ मावि चमडाका प्रधानाध्यापक पदमबहादुर ऐरले बताएका छन् ।

 

जाडोमा विद्यार्थीलाई चौरमा लगेर पढाउनु पर्ने तर उनीहरुको ध्यान पढाइमा केन्द्रित नसक्दा बिदा गर्नु परेको उनको भनाइ छ । अहिले माथिल्लो कक्षाका कक्षाहरु भने सञ्चालन भईरहेका छन् ।

Notes Nepal
Loading...

Loading...

Loading...

ताजा समाचार