मुस्लिम स्कूलको हिन्दू नाम राख्न माग

भारतको मुस्लिम बाहुल्य भएको एक गाउँको विद्यालयको नाम हिन्दू महिलाको नामबाट राख्न मुस्लिमहरुले माग गरेका छन् ।भारत त्रिपुराको उनाकोटि जिल्लाको जुबराजनगर मुस्लिम बाहुल्य भएको गाउँ हो । उक्त गाउँमा मुस्लिम किशोरीहरु पढ्ने स्कूल रहेको छ जसको नाम हिन्दू महिलाको नामबाट राख्न माग गरिएको हो ।

जुबराजनगरका हिन्दू महिला सुमति सूत्राधारले सन् १९९९ मा आफ्ना पतिको मृत्युपछि आफ्नो जमिन शिक्षा विभागलाई दान दिएकी थिइन् । गत डिसेम्बर २९ मा उनको निधन भएको छ । उनले दान दिएको जग्गामा रहेको विद्यालयमा पछिल्ले १७ वर्षमा ५५० मुस्लिम किशोरहरुले अध्ययन गरेका छन् । सुमति सूत्राधर त्यही स्कूलमा रहेको एक सानो कोठामा बस्दै आएकी थिइन् ।

सुरुवाती दिनहरुमा उने दिएको जग्गालाई स्थानीयले विरोध गरेका थिए । तर अहिले भने स्थानिय मुसस्लिम समुदायका व्यक्तिहरुले विद्यालयको नाम परिवर्तन गरी सुमति सूत्राधारको नाम राख्न माग गरेका छन् ।

Notes Nepal
loading...

Loading...

ताजा समाचार