यसकारण आफ्नै सुरक्षागार्डले गोली हान्न खोजे बेलायतकी महारानीलाई…

लण्डन । बेलायतकी महारानी । संसारकै शक्तिसाली देशहरुमध्येकै एक देशकी सर्वोच्च व्यक्तित्व । महारानी एलिजावेथको सुरक्षाको लागि गरिएको जस्तो बलियो बन्दोबस्त त संसारमा कुनै अर्को व्यक्तिका लागि गरिएको होला सायदै ।
त्यहि बलियो सुरक्षाको प्रबन्ध कहिलेकाहि भने प्रत्युत्पादक रुपमा चुनौति समेत बन्न सक्दो रहेछ । त्यस्तै एक घटना घट्यो बकिंगहम दरबारमा हालै । रातको समयमा चिसो हावा खान भन्दै दरबार परिसरमा निस्केकी महारानीलाई नचिन्दा उनकै सुरक्षागार्डले झण्डै गोली चलाएनन् ।
९० वर्षिया महारानी एलिजावेथलाई अनिन्द्राको समस्या छ । राती सुतेको समय कहिलेकाहि निन्द्रा नपर्ने समस्याले उनलाई पिरोल्ने गरेका खबरहरु बेलाबेलामा यहांका मिडियामा सार्वजनिक हुंदै आएका पनि छन् ।
हालै एक रात पनि महारानीलाई सोहि अनिन्द्राले सतायो । निन्द्रा नपरेपछि बिहान करिब तीन बजेको समयमा बकिंगहम दरबारकै परिसरमा चिसो हावा खान भन्दै निस्किइन उनी । तर उनकै सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई भने रातको त्यो समय महारानी बाहिर निस्किएको विषयमा कुनै पत्तो नै भएन ।
रातको त्यो समय दरबारको पर्खालभित्र कुनै मानिस हिडेको जस्तो छाया देखेपछि महारानीका एक सुरक्षागार्डलाई लाग्यो कि कोहि अपराधिक नियतले प्रवेश गरेको हो । ‘को हो यो?’ भन्दै उनी चिच्याएपछि मात्रै थाहा पाए कि त्यो छाया त महारानीकै रहेछ ।
निकै अत्तालिएका ती सुरक्षागार्डले महारानी नजिकै पुगेर भने, ‘मैले त नचिनेर झण्डै गोली चलाएको ।’ महारानीले जवाफमा भनिन, ‘ठिकै छ, अबदेखि चाहिं म खबर गरेरै निस्किने गरौंला । अनि मलाई गोली हान्न पर्नेछैन ।’
साभार नेपालीपत्र

Notes Nepal
loading...

Loading...

ताजा समाचार