‘दंगल’ सर्वाधिक कमाउने फिल्म बन्दै: शाहरूखको दब्दबा आमिर र सलमानभन्दा कमजोर

सर्वकालिन कमाइको मामिलामा आमिर खानको ‘दंगल’ सबैभन्दा अगाडी आइपुग्ने संकेत देखाएको छ। फिल्मले छिट्टै नै ३५० करोडको आँकडालाई पार गर्ने बुझिएको छ। यसको बिन्दुलाई आजसम्म कुनै पनि हिन्दी फिल्मले पार गर्न सकेका छैनन्।

फिल्म हालसम्म करिब ३३०.९६ करोड भारूको कारोबार गरिसकेको छ। यसले सर्वकालिन कमाइको सूचिमा सलमान खान अभिनित ‘बजंरगी भाइजान’लाई पछाडी पार्दै अगाडी आएको हो। ‘बजरंगी भाइजान’ले करिब ३२०.३४ करोड भारूको कमाइ गरेको थियो।

हाल सूचिको पहिलो स्थानमा आमिरकै पछिल्लो रिलिज ‘पिके’ रहेको छ। फिल्मले ३३९.५० करोड भारू कमाएको थियो। तेस्रो सातामा पनि ‘दंगल’ले आफ्नो कमाइको जारी लयलाई नगुमाउने फिल्मी बजार विश्लेषकहरूको आत्मविश्वासी भविष्यवाणीले साताको अन्यसम्म ‘दंगल’ले सो उपलब्धि हासिल गर्ने देखाएको छ।

सर्वकालिन कमाइको उत्कृष्ट पाँचको सूचिमा ३ फिल्म अटाउँदा सलमानका २ फिल्म रहेका छन् भने बलिउडका स्टारपावरका रूपमा कहलिएका शाहरूख खानको एउटा पनि फिल्म अट्न सकेन।सूचिमा क्रमश यी पाँच फिल्म रहेका छन्।

१.      पिके               ३३९.५०

२.      दंगल              ३३०.९६

३.      बजरंगी भाइजान      ३२०.३४

४.      सुल्तान             ३००.४५

५.      धुम ३             २८०.२५

(भारतिय मिडियाको वक्सअफिस रिपोटमा आधारित)

Notes Nepal
loading...

Loading...

ताजा समाचार