मलेसियामा नेपालीको मृत्यु

प्रकाशित मिति :2017-01-08 20:50:19
Loading...

पाल्पा, २४ पुस । स्याङ्जा कारिकोट चन्डिभज्ञ्याङ गाविस–९, जोगीडाँडाका मनबहादुर विकको मलेसियामा मृत्यु भएको छ ।

मलेसियास्थित कापरमा विगत चार वर्षदेखि कफी कम्पनीमा कार्यरत २६ वर्षीय विकको शनिबार मृत्यु भएको उहाँका आफन्त यमबहादुर विकले जानकारी दिनुभयो ।

शनिबार काम सकेर सुतेका उनी आज बिहान मृत भेटिएका हुन् । विकका श्रीमती र दुई सन्तान रहेका छन् । रासस

Notes Nepal
Loading...

Loading...

ताजा समाचार