धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन लागेको मुसहर बस्तीको आज शिलान्यास

धनुषा, पुस २५ – महोत्तरीको बर्दिबासमा रहेका मुसहर बस्तीमा धुर्मुस सुन्तली फाउण्डेशनले एकीकृत नमुना बस्ती बनाउन थालेको छ । एकीकृत नमुना बस्ती निर्माणको सामेबार मदनकृषण श्रेष्ठ, हरिवंश आचार्यलगायतका कलाकारहरुले शिलान्यास गरेका छन् । चार करोड ७८ लाख रुपैयाँको लागतमा ५० घरपरिवार मुसहरका लागि बस्ती निर्माण गर्न लागिएको छ । हाँस्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले मानवता र सद्भावका लागि तेस्रो बस्तीको रुपमा पूर्व–पश्चिम राजमार्गको बर्दिबास–२ मा रहेको अति पिछडिएको मुसहर समुदायका लागि एकीकृत नमुना वस्ती बनाउने घोषणा गर्नुभएको थियो । बस्तीमा शिलान्यास गर्न पुगेका कलाकारहरुलाई स्थानीयबासिन्दाले भव्य स्वागत गरेका थिए । आउँदो बैशाख १ गते बस्ती निर्माण गरेर मुसहर समुदायलाई हस्तान्तरण गर्ने भएकाले सम्पूर्ण सहयोगी मनहरुलाई सहयोग गर्न सिताराम कट्टेल धुर्मुसले आग्रह गर्नुभयो ।

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार