यो हुनेछ ‘बाहुबली’ निर्देशक राजामौलीको नयाँ सिनेमा

प्रकाशित मिति :2017-01-10 10:05:12

‘बाहुबली’का कारण थुप्रै चर्चा बटुलेका निर्देश एस एस राजामौली हाल सो फिल्मको अन्तिम श्रृखंलाको पोस्टप्रोडक्सनमा व्यस्त रहेका छन्।

यस वर्ष दर्शकको सर्वाधिक पर्खाइको फिल्म बनेको बाहुबली फिल्म निर्देशकले यस फिल्म पश्चात अर्को ड्रिम प्रोजेक्टको योजना बनाइरहेको खुलासा भएको छ। हालसम्म बनाएका १० फिल्ममा १० फिल्म नै हिट दिएका राजामौलीले ‘महाभारत’ माथी फिल्म बनाउन लागेको बताइन्छ।

ठूलो तहमा निर्माण गरिने फिल्मका लागि उनले बलिउड तथा दक्षिण भारतिय फिल्म स्टारलाई अभिनय गराउने योजना बनाइरहेका छन्। फिल्म ३ भाग लामो हुने अनुमान गरिएको छ। उनको सो फिल्म ४ देखी ५ वर्षको अवधिमा निर्माण हुनेछ।

बाहुबली आउँदो अप्रिल २८ मा रिलिज हुँदैछ।

Notes Nepal

ताजा समाचार