अभिनेता ऋतिक रोशनको आज जन्मदिन

प्रकाशित मिति :2017-01-10 20:10:10

भारतीय अभिनेता ऋतिक रोशनले मंगलबार जन्मदिन मनाइरहेका छन् ।

उनी आज आफ्नो ४३ वर्ष पुगेका छन् । जन्मदिनको अवसरमा उनलाई फरहान अख्तर, अभिषेक बच्चन र गोविन्द लगायतका कलाकारले शुभकामना दिएका छन् ।

हिंदी फिल्म भगवान दादा मा बाल कलाकार को रूपमा काम गरेर चलचित्र यात्रा सुरु गरेका ऋतिकले सन् २००० मा बनेको फिल्म “कहो ना प्यार है” बाट आफ्नो अभिनय यात्रा सुरु गरेका हुन् ।

“कभी खुशी कभी गमु”, “जिंदगी ना मिलेगी दोबारा”, अग्निपथ जस्ता फिल्ममा देखिएका ऋतिकको नयाँ फिल्म काबिल हो । यसको निर्देशन संजय गुप्ताले गरेका छन्।

 

Notes Nepal

ताजा समाचार