योकोहामामा वेवारिसे अवस्थामा भेटिएका सिलवालको नेपालीद्वारा उद्वार

टोकियो । जापानको योकोहामा स्थित चुरूमीमा वेवारिसे अवस्थामा रहेका एक नेपालीको उद्वार गरिएको छ । विगत ४ वर्ष देखि इसिखावा केनमा बस्दै आएका चितवन पिप्ले घर भएका ३९ वर्षीय राम चन्द्र सिलवाललाई उद्वार गरिएको हो ।

चुरूमी पार्कमा वेवारिसे अवस्थामा फेला परेका होमलेस सिलवाललाई प्रहरीले उद्वार गरी अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।

प्रहरीले उद्वारका लागि नेपाली राजदूतावासमा सम्पर्क गरेका थिए । राजदूतावासले गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष सूदन थापालाई जानकारी गराएपछि प्रवासी नेपाली मञ्च (ओएनएफ) जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ र योकोहामा नेपाली ग्रूपका संयोजक हरी सापकोटाको नेतृत्वमा राजेन्द्र श्रेष्ठ, पत्रकार शान्त पहरी र व्यवसायी बाबुराम भण्डारी चुरूमी पुगेका थिए ।

दर्शन रेष्टुरेण्टमा कुक भिसामा जापान आएका सिलवाल जापान प्रवेश अघि माध्यमिक विद्यालयमा गणित र विज्ञान विषयमा अध्ययापन गराउँदै आएका थिए ।

सिलवाललाई एनआरएनए जापान, चितवन समाजको सहयोगमा एक दिन होटलमा राखी नेपाल फिर्ता पठाउने व्यवस्था गरिएको योकोहामा ग्रुपका संयोजक सापकोटाले जानकारी दिए ।

 

Notes Nepal
loading...

Loading...

ताजा समाचार