प्रेमीसँग मिलेर श्रीमानको हत्या

रौतहट – श्रीमान विदेशमा गएको बेलादेखि सुरु भएको प्रेम सम्बन्धमा समस्या आउने भएपछि प्रेमीसँग मिलेर एक महिलाले श्रीमानको हत्या गरेको खुल्न आएको छ ।

स्थानिय करुनिया गाविस २ का ३२ बर्षीय अभिनन्दन साहको उनकी श्रीमती सकुन्तला देवी र प्रेमी सोही ठाँउका २५ बर्षीय पप्पु भनिने मनिष कुमार शुमनले धारीलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले आज बुधवार पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्त मनिष र सकुनतलालाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी यज्ञबिनोद पोखरेलले पत्नी र प्रेमिका बिचको अबैध संबन्ध श्रीमानले थाहा पाएपछि दुबैले षडयन्त्र गरेर अभिनन्दनको हत्या गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

अभियुक्त प्रेमिका मनिषले पत्रकार सम्मेलनमा पत्नी सकुन्तलाको सलाह अनुसार अभिनन्दनको हत्या गरेको स्विकारेका थिए ।

गत २२ गते करुनिया ६ स्थित कामदेई खोलाको छेउ सिसौघारीमा अभिनन्दन साह मृत अवस्थामा फेला परेका थिए ।

शव देखिएपछी प्रहरी निरिक्षक बिरेन्द्र पाश्वानको कमाण्डमा प्रहरी निरिक्षक केशव रेग्मी सहीतको टोलीले घटनास्थल पुगेर चारदिन लगाएर गरेको अनुसंधान पछि अभियुक्त प्रेमी मनिष र मृतककी श्रीमती सकुन्तलालाई पक्राउ गरेको थियो ।

पत्रकार सम्मेलनमा जनाइए अनुसार मृतक अभिनन्दन बैदेशिक रोजगारीमा रहेको बेला प्रेमी मनिषले आफनै नामको सिम सकुन्तला लाई दिएका थिए ।

चारबर्ष बिदेश रहेर चारमहिना अघि आएका मृतक अभिनन्दनले श्रीमती र प्रेमीबीच मोबाईल मार्फत पटक पटक कुराकानी गर्दा रंगेहात पक्राउ गरेका थिए ।

सिम कसको हो भनी सोधदा प्रेमी मनिषले अभिनन्दनलाई सिसौँघारी तिर हिंड म बताउँछु भनी बोलाएर लगेका थिए ।

अगाडी गईरहेका पती अभिनन्दनलाई मनिषले पछाडीबाट टाउकोमा फलामको रडले प्रहार गरेको बताएका छन् ।

रड प्रहार बाट बेहोश भएका अभिनन्दनलाई घिसारेर सिसौघारी भित्र लगी चक्कुले घाँटी रटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या पछि मृतकको पाकेटमा रहेको सामसुंगको मोबाईल फोन समेत अभियुक्तले लिएर गएका थिए ।

टाउकोमा प्रहार गरीएको दुईवटा फलामको रड, हत्या गर्दा प्रयोग गरेको हतियार चक्कु र मृतकको मोबाईल समेत पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गरेको छ ।

अभियुक्त पत्नीको एउटा आठबर्षको छोरी छिन् भने प्रेमिका मनिषको दुईजना छोरा छोरी रहेका छन ।

Rato Pati

 

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार