अन्तिममा नाजीर इन

नेपाल संवाददाता

नाजीर हुसेन मुख्य भूमिकामा देखिएको पहिलो फिल्म हो, गाँठो । दुर्भाग्य ! यही फिल्म सुफरफ्लप भइदियो । जसका कारण होस्टेल रिटन्स, जंगेजस्ता फिल्मका सहायक भूमिकाबाट नाजीरले कमाएको ख्याति गिरेको विश्लेषण गरियो ।

त्यही बेला ए मेरो हजुर २ बाट अन्तिम समयमा उनी निष्कासनमा परे । जसले गर्दा उदाउँदै गरेको नाजीरको करिअरमा कालो बादल लागेको महसुस भयो । उनी आफैं चिन्तामा जल्न थालेका थिए तर रमाइलो कुरा के भयो भने जसरी उनलाई मेरो हजुर २ बाट हटाइएको थियो, ठ्याक्कै त्यही शैलीमा उनले दुई फिल्ममा प्रवेश पाएका छन् । शिशिर राणाको तिमीसँग र हेमराज बीसीको ग्याङस्टार ब्लुज । जब कि, सुरुमा यी फिल्ममा नाजीरको अभिनय रहने चर्चै थिएन । आखिर हिरोको खेल त अन्तिममै हुन्छ ।

कि कसो नाजीर ?

 

Notes Nepal
loading...

Loading...

ताजा समाचार