संकटा खप्तड गोल्डकपको सेमिफाइनलमा, आर्मी बाहिरियो

प्रकाशित मिति :2017-01-11 22:15:41

धनगढी– हेटौडा च्याम्पियन भएको एकसाता नबित्दै नेपाल आर्मी क्लब सुदूरपश्चिम खप्तड गोल्डकपबाट बाहिरिएको छ । सिएमजी क्लब संकटासँग २–१ ले पराजित हुँदै आर्मी प्रतियोगितबाट बाहिरिएको हो । संकटा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

sankata

बुधबारको नतिजासँगै अन्तिम चारको समिकरण पुरा भएको छ । भारतको दिल्ली युनाइटेड, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्बल र सुदुरपश्चिम ११ फुटवल क्लब यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । संकटाले आयोजना टोलीसँग शुक्रबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । शनिबार मनाङलाई २–० ले हराउँदै टुबोर्ग हेटौडा गोल्डकप जितेको आर्मीले बुधबारको खेलमा पनि अधिकांश समय बल नियन्त्रणमा राख्नाका वावजुद हार बेहोरको थियो । १६ औं मिनेटमा मार्टिन अएजीले पहिलो संकटाकाा लागि गोल गरे । त्यसको नौं मिनेटपछि नै मार्टिनले अर्को गोल थपे । ६१ औं मिनेटमा आर्मीका लागि टंक वुढाथोकीले गोल फर्काउँदै अन्तरलाई घटाएका थिए । तर, त्यसपछि पटक पटकको प्रयास असफल भएपछि आर्मीको सुदूरपश्चिम यात्रा टुंगिएको थियो ।

संकटाका प्रशिक्षक सल्यान खड्गीले सुरुमा गोल गर्ने रणनिति अनुसार सफलता मिलेको र त्यसपछि सम्हालिएर खेल्दा नतिजा आफ्नो पक्षमा परेको बताए । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले सुरुमा गोल खाएपछि दबावमा पर्नु र आफ्ना प्रयास असफल हुनुले हार्नु परेको बताए । माघ १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख, दोस्रो हुने टोलीले २ लाख ५२ हजार र उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् ।

खप्तड गोल्डकपमा बिहीबारको खेल: सेमिफाइनल मनाङविरुद्ध दिल्ली युनाईटेड

हाम्रो खेलकुदबाट साभार


ताजा समाचार