नेपाली संस्कृति लोप हुन थालेपछि स्थानीय सक्रिय

तपेन्द्र कुँवर, कैलाली, पुस २७ । पश्चिमा संस्कृतिले नेपाली संस्कृति लोप हुन थालेपछि स्थानीय सक्रिय भएका छन् ।
बझाङ घर भई धनगढी उप–महानगरपालिका वडा नम्बर १२ मा बस्ने बासोबास गर्दै आएकाङ्ग बझाङ्गी समुदाय आफ्नो मौलिक संस्कृति संरक्षणमा सक्रिय भएका छन । सुदूरपश्चिमका पहाडी जिल्ला खेलिने भूवो संरक्षणको लागि जुगेडाको डी गाउँमा स्थानीय लागेका छन् ।
यहाँका चर्चित संस्कृति मध्ये डेउडा, भूवो, गौरा, माघे संक्रान्ति, चैते दशै, पुतला, छलिया, धमाली, हुड्क्यौली रहेका छन् । सुदूरपश्चिममा खेलिने भूवो लोप हुँदै गएपछि संरक्षण अभियानमा लागेको सुर्मादेवी भूवो उपसमिति जुगेडाका अध्यक्ष गोरख बहादुर सिंहले जानकारी दिनुभयो । चाडपर्ब र महोत्सव तथा बिभिन्न सार्बजनिक पनि भूवा लगायतका यहाँका सस्कृतिले स्थान नपाएपछि आफूहरु संरक्षणको लागि अभियानमा जुटेको उहाँको भनाई रहेको छ ।
बाजा गाजाका साथ दमाहाले पनि अनेक बाजा बजाउ छन, बाजा–गाजा, लस्कर हुदै औंशी र प्रतिपदाका दिन चम्काएका ढाल तरवार बाजा गाजा भूवाको लय तालमा खेलिने गरेको छ । स्थानिय सुर्मादेवी भूवो उपसमिति जुगेडा डी गाउँको आयोजनामा भईरहेको खेलमा युवा पुस्ताको समेत सहभागिता रहेको भूवा संरक्षणमा लागेका स्थानीय सत्यराज इस्नेहीले जानकारी दिनुभयो ।
लोप हुन थालेको यो खेल जोगाउन पछिल्लो समय युवा पुस्ता अगाडि बढेको उहाँले बताउनुभयो । लगभग १४ दिन सम्म खेलिने यो चाड अहिले संरक्षण र सामाजिक बिसंगतिका कारण लोप हुने सम्भावना रहेको स्थानिय युवा हृदय पुजाराको भनाई छ । सुदूरपश्चिमका कला संस्कृतिको लागि अभियानमा लागेको उहाँको भनाई रहेको छ । भूवो बहु भाषिीक, बहु– सांस्कृतिक, बहु आयामिक चाड हो ।
यसमा अध्यात्मिक कुरा देखि बैज्ञानिक कुराहरुमा पनि समेटिएका छन् । यस चाडलाई जगेर्ना गर्नु भनेको पुरानो संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नु सबैको दायित्व भएको स्थानीय ऐन बहादुर सिंहले बताउनुभयो । पुसे औंशीका दिन देखि पुर्णिमामा सम्पन्न हुने भुवा खेल प्राचिन कालमा कौरब र पाण्डवको युद्ध पश्चात पाण्डवको विजय उत्सवको उपलक्ष्यमा खेल्ने गरिएको जानकारहरुले बताउँछन् ।
Notes Nepal
loading...

Loading...

ताजा समाचार