गोदावरी बाह्रराशी दर्शन मकर मेलाको तयारी अन्तिम चरणमा

बिराज रोज्यारा, कैलाली, पुस २७ । सुदूरपश्चिमको प्रशिद्ध धार्मिकस्थल कैलालीको गोदावरी धाममा मकर संक्रान्तिका अवसरमा आगामी माघ १ देखि शुरु हुने बाह्रराशी दर्शन मकर मेलाको तैयारी अन्तिम चरणमा पुगेको छ ।
प्रत्येक वर्ष कुनै एक राशीमा कुम्भमेलाको योग पर्ने भएकाले कुम्भमेलाको प्रतिकको रुपमा माघ १ देखि १२ गते सम्म बाह्र राशी दर्शन मकर मेला आयोजना गर्न लागीएको धामका संयोजक पदमराज जोशीले आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशी दर्शन मकर मेला गर्ने लक्ष्य अनुरुप महाकुम्भ पछि मकर मेला आयोजना गरीएको उहाले वताउनुभयो ।
यसका लागि गोदावरी धाममा बाह्रराशीको स्थापना गर्ने, प्रत्येक राशीका व्यक्तिहरुलाई दर्शन एवं पूजाको व्यवस्था मिलाउने, त्यहाँ स्थापना गरिएको कुम्भबाटिकामा बाह्र राशी र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी दर्शन एवं पूजाको व्यवस्था गर्ने तयारी गरिएको छ । त्यस्तै मेलामा लक्ष्यहवन तथा श्रीमद् भागवत महापुराणको समेत आयोजना गरिने छ ।
मेलामा आउने भक्तजनाका लागी ट्राफिक व्यवस्थापन, सुरक्षा लगायतका विषयमा विभिन्न उपसमिती गठन गरेर तयारी थालिएको आयोजक समितिले जनाएको छ ।
Notes Nepal
loading...

Loading...

ताजा समाचार