इन्डोनेसियामा ९ नेपाली पक्राउ (नामसहित)

काठमाडौं – इन्डोनेसियाको अध्यागमन कार्यालयले बिना प्रवेशाज्ञा भिसा एक घरमा लुकेर बसिरहेको अवस्थामा ९ नेपालीलाई पक्राउ गरेको छ ।

मानव तस्करले एक सताअघि इन्डोनेसिया पुर्याइएका उनीहरुसँग इन्डोनेसियाका भिसा लगायत अन्य कागजपत्र नभएका कारण त्यहाँको मासास्कर अध्यागमनले आइतबार पक्राउ गरेको हो ।

मासास्कर प्रहरीले ती नेपालीलाई थप अनुसन्धानपछि अध्यागमनमा बुझाउने छ । उनीहरु कुनै अपराधमा संलग्न छन् कि छैनन् त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ  ।

पक्राउ पर्नेमा

विश्वराम खड्का,

रभु पुन,

जगन्नाथ पाण्डे,

सञ्जीव आरटी,

अनिश लामा,

राजेन्द्र लिम्बू,

कैलाश तामाङ,

विष्णुबहादुर पुन

र प्रकाश लामा छन् ।- अन्नपूर्ण पोष्ट

Notes Nepal
loading...

Loading...

ताजा समाचार