तौल कम गर्ने पुदीनाको चिया।

खानासँग पुदीनाको अचार खानु स्वास्थ्यको लागि धेरै नै फाइदाजनक छ । पुदीनाले खाना पचाउन पनि मद्दत गर्छ।

पुदिनाको चियाले शरीरलाई स्वस्थ्य बनाउनुको साथै तौल घटाउन पनि मद्दत गर्छ । यदि तपाई तौल कम गर्ने उपाय खोजिरहनुभएको छ भने यो प्राकृतिक उपाय तपाईका लागि फाइदाजनक हुनसक्छ ।

१. कसैलाई पुदीनाको तेज बास्नाले भोकको नियन्त्रण गर्दछ । कसैलाई राती खान खाइसकेपछि पुदीनाको चिया खाएपछि मिठाई खान मन लाग्दैन ।
२. अध्ययनका अनुसार पुदीनाको चियाले पेट सफा गर्दछ । यसरी शरीरमा प्राकृतिक तरिकाले शरीरका मासंपेशी चल्ने भएकाले तौल कम गर्ने मद्दत मिल्छ ।
३. पुदीनाको चियाले शरीरमा रहेको सुगरको मात्रालाई सन्तुलित राख्दछ । गुलियो खाने इच्छा कम गर्दछ ।

पुदीनाको चिया बनाउने तरिका

तातो पानीमा २ ठुलो चम्चा पुदीनाको पात हाल्नुहोस् । त्यसलाई १५ मिनेटसम्म उमाल्नुहोस् । उम्लिएपछि स्वाद अनुसार मह हाल्नुहोस् र पुदीनाको चियाको स्वाद लिनुहोस् ।mahila khabar

Notes Nepal
loading...

Loading...

ताजा समाचार