बार्सिलोनाको जितमा मेस्सीसहित तीनै स्टारको गोल

स्पेन (एजेन्सी)– तीनै सुपरस्टार लियोनल मेस्सी, लुइस स्वारेज र नेयमारले गोल गरेपछि बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएको बार्सिलोनाले समग्रमा ४–३ को जित निकाल्द्रै अन्तिम आठको यात्रा तय गरेको थियो ।

lionel

पहिलो लेगमा बिल्बाओले बार्सिलोनालाई २–१ ले हराएको थियो । समग्रमा ३–३ को अवस्थामा रहेको अवस्थामा मेस्सीको गोल निर्णायक बन्यो । उनले खेल सकिन १२ मिनेट बाँकी रहँदा गोल गरेका थिए । स्वारेजको गोलबाट बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो ।

३५ औं मिनेटमा भलीमा गरेको त्यो गोल उनको क्लबका लागि सयौं गोल पनि थियो । पछिल्लो दुई बर्षमा मेस्सी,स्वारेज र नेयमार संयुक्तरुपमा गरेको त्यो ३ सयौं गोल हो । दोस्रो हाफको तीन मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । तर,५२ औं मिनेटमा बिल्बाओका इनरिक साबोरिटले गोल अन्तरलाई घटाए । ७८ औं मिनेटमा मेस्सीले फ्रिकिकमा गोल गरेपछि त्यो नै दुई लेगको निर्णायक गोल बनेको थियो ।

luis-suarez

Notes Nepal
loading...

Loading...

ताजा समाचार