श्रीमतीलाई डिर्भोस दिएका ऋतिकले भने ‘प्रेम भन्दा रोमान्स अन्धो हुन्छ’

प्रकाशित मिति :2017-01-12 09:39:59
Loading...

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनले प्रेम भन्दा रोमान्स अन्धो हुने बताएका छन् । हालै एक अनलाइनसाग कुराकानी गर्दै उनले भनेका छन् प्रेम भन्दा पनि रोमान्स अन्धो हुने बताए ।

प्रेम शान्त हुने तर्क गर्दै ऋतिकले रोमान्सचाहिँ अत्यन्त खतरनाक भएको तर्क गरे । । उनले भने, ‘रोमान्स एकप्रकारको भ्रम हो । यस्ता अनेक कुरा सुनिन्छन्, जुन वास्तवमा सत्य हुँदैनन् ।

रोमान्सपछिचाहिँ जे बचेको हुन्छ, त्यो नै प्रेम हो । र, प्रेम भने अन्धो हुँदैन ।’ आफूले जीवनका प्रत्येक पललाई रोमान्टिक बनाउने गरेको पनि ऋतिकले बताउन थालेका छन् । गएको मंगलबार ४३ वर्ष पुगेका ऋतिकले २ वर्षअघि मात्रै सुजैनसँग डिर्भोस गरेका हुन् ।

 

Notes Nepal
Loading...

Loading...

ताजा समाचार