सेपाकताक्रो टोली श्रीलंका प्रस्थान

पुस २८, २०७३- दोस्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा भाग लिन ८ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली बुधबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ । पुरुष खेलाडीमा अनिल गुरुङ (कप्तान), एलन गुरुङ, रूपेश सुनार र रोशन तामाङ छन् । महिलामा सोममाया थापामगर (कप्तान), सुमित्रा डंगोल, चन्द्रा चौधरी र स्वस्तिका श्रेष्ठ छन् । जनवरी १३ देखि १६ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले रेगु र डबल्स इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

eKantipur बाट साभार

Notes Nepal
loading...

Loading...

ताजा समाचार