एन्जोलीनाले यस्तो गम्भिर आरोप लगाएर पतिलाई घरबाट निकालेकी थिइन्

काठमाडौं  – सन् २०१६ मा सबैभन्दा चर्चामा रहेको सम्बन्धविच्छेद हो– हलिउड जोडी ब्राड पिट र एन्जेलिना जोलीको । ११ वर्ष पुरानो यो सम्बन्ध टुट्नुको कारणचाहिँ एन्जेलिनाले पिटले बच्चालाई नराम्रो व्यवहार गरेकोे आरोप लगाएकाले हो ।

तर, अब यो सम्बन्धविच्छेदले ब्राड पिटको जीवनलाई समस्यामा पारेको विश्लेषण गरिएको छ । बेलायती एक पत्रिकाका अनुसार पिटले आफ्ना साथीलाई भनेका छन्– योजस्तो खराब नयाँ वर्षको बिदा मैले जीवनमा कहिल्यै पनि मनाएको थिइनँ ।

उनका साथीको हवाला दिँदै त्यो पत्रिकाले लेखेको छ, ‘पिट अब चुपचाप बस्न रुचाइरहेका छन् ।’ पत्रिकाका अनुसार यो नयाँ वर्षमा पिटले आफ्ना बालबच्चालाई अत्यन्त धेरै ‘मिस’ गरे । उता, एन्जेलिनाचाहिँ नयाँ वर्ष मनाउन बच्चाहरूसँग न्युयोर्क पुगेकी थिइन् ।

 

Notes Nepal
loading...

Loading...

ताजा समाचार