आहा गोल्ड कप खेल्न अमेरिकन टोली नेपाल आउँदै

प्रकाशित मिति :2017-01-12 10:53:38

वाशिंगटन डीसी –पोखरामा संचालन हुने आहा रारा गोल्ड कप खेल्न अमेरिकन भकुण्डो टोली (आज)जनवरी १२ मा नेपाल उड्ने भएको छ । ११ जनवरीमा डीसी महानगर क्षेत्रको भर्र्जििनयामा आयोजित खेलाडी बिदाई तथा शुभकामना कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो । अमेरिकाको फिला डेल्फियाबाट अधिकांश खेलाडीहरु नेपाल जाने जाने तय भएपछि बिदाई तथा शुभकामना कार्यक्रम राखिएको थियो ।
गत डिसेम्बर १९ तारीखमा १८ जना खेलाड़ी तथा ६ जना आरक्षित खेलाड़ीहरु सहित नेपाल जाने सूचि तयार गरिएको थियो । आगामी जनवरी १७ तारीख देखि २८ तारीख सम्म पोखरामा आयोजना हुने अन्तराष्ट्रियस्तरीय आहा गोल्ड कप प्रतियोगिताको लागि उत्कृष्ट खेलाड़ीको छनौट घोषणा गरिएको थियो । कार्यक्रममा एएनए नेपाल अमेरिकन भकुण्डो टोलिका संयोजक चन्द्र लामाले जित्ने आशा लिएर नेपाल जान लागेको बताए । खेलाडीहरुलाई शुभकामना दिदै पूर्व राष्ट्रिय खेलाडी बिना खड्काले राम्रो नतिजा ल्याउन सुझाव दिइन् ।

Notes Nepal

ताजा समाचार