सुनको मूल्य बढ्यो

प्रकाशित मिति :2017-01-12 11:13:01

नेपाली बजारमा सुनको मूल्य बढेको छ।

हिजोको तुलनामा आज तोलामा ३ सय बढेको सुनचाँदी व्यवसायी संघले जनाएको छ।

आज एक तोला  सुनको मूल्य ५४ हजार ६ सय छ। हिजो ५४ हजार ३ सय थियो।

त्यस्तै चाँदीको मूल्य भने प्रतितोला ७ सय ९० रुपैयामा नै स्थिर छ।

Notes Nepal

ताजा समाचार