अब भारु २ हजार नेपालमा पनि चल्ने !

२८ पुस, काठमाडौं । नेपालले भारतसामू भारु २ हजारको नोटको बैधानिक कारोबारका लागि प्रस्ताव गरेको छ ।

५ सय र एक हजारको पुरानो नोटमा प्रतिवन्ध लगाएको भारत सरकारले २ हजारको नोट ल्याएको छ ।

तर, यसको कारोबार अहिलेसम्म बैध छैन । भारतले आफ्नो फरेन एक्चेन्ज म्यानेजमेन्ट एक्ट अन्तरगत फेमा नोटिफिकेसन जारी गरेपछि मात्र कारोबार बैध हुन्छ ।

भारु ५ सय र १ हजारको पुरानो नोट सटहीबारे छलफल गर्न नेपाल राष्ट्र बैंकको टोली अहिले भारतमै छ । यो टोलीले भारतीय केन्द्रीय बैंकसँगको छलफलमा पुरानो नोट सटहीका साथै २ हजारको नयाँ नोट नेपालमा चलाउने विषय उठाउनेछ ।

राष्ट्रबैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले अनलाइनखबरसँग भने, २ हजारको नोट नेपालमा चलाउने विषय लिखित एजेण्डामा त छैन । तर, छलफलमा उठ्छ ।’

साथै परराष्ट्रमन्त्री प्रकाशशरण महत पनि अर्को साता भारत भ्रमणमा जाँदैछन् । उनले भारतीय अधिकारीहरुसँगको भेटमा भारु २ हजारको नोट नेपालमा चलाउने विषय उठाउने भारतीय पत्रिका दि इकोनोमिक्स टाइम्सले जनाएको छ ।

Notes Nepal
loading...

Loading...

ताजा समाचार