जेठी श्रीमतीसँग पुनः विवाह गर्ने तयारीमा थिए ओम पुरीः मृत्यु रहस्यबारे थप ६ खुलासा

प्रकाशित मिति :2017-01-12 13:01:28

नायिका अन्नू कपूरले ओम पुरीलाई उनको अन्तिम अवस्थामा निकै प्रताडित गरिएको दाबी गरेकी छिन् । एक भारतीय नयूज पोर्टलसँग कुराकानी गर्दै उनकी कान्छी श्रीमती र छोरालाई निकै तनाव दिने गरेको उनले ठोकुवा गरिन् । यसैकारणले पुरी दोस्रोपटक जेठी श्रीमतीसँग नजिकिएको उनले जानकारी दिइन् । स्मरण रहोस् ओम पुरीको पहिलो विवाह सीमा कपुरसँग भएको थियो जो नायिका अन्नू कपूरकी दिदी हुन् । पुरीको दोस्रो विवाह नन्दितासँग भएको थियो । आफ्नो फ्ल्याटमा मृत पाएका पुरी (६६) को टाउकोमा घरको निशाना देखिएको थियो । उनको मृत्युको रहस्यबारे अहिलेसम्म १४ खुलासा भएका छन् ।

१. शवमा घाउको निशानः

गत ६ जनवरीको बिहान पुरी आफ्नो फ्ल्याटमा मृत पाएका थिए । पोस्टमर्टम रिपोर्टका अनुसार उनको टाउकोमा डेढ इन्च गहिरो घाउको निशाना थियो । ‘कोलार बोन’ पनि थोरै भाँच्चिएको पाइयो । संदिग्ध हालतमा मृत्यु भएपछि मुम्बई पुलिस यसबारे अनुसन्धान गरिरकेको छ ।

२. ८ करोडमा हुनु थियो ओम–नन्दिताको सम्झौताः

– ओम पुरी र उनकी श्रीमती नन्दिता पछिल्लो वर्ष अलग्गिएका थिए । ओम पुरी करिब तीन लाख रुपैयाँ प्रति महिना दिने गर्दथे । नन्दिता उनको लोखंडवालास्थित फ्ल्याटमा बस्दथिन् ।

– ओम पुरीसँग सम्बन्धित मानिसहरुलाई विश्वास गर्ने हो भने यी दुबैले सम्बन्धविच्छेदको निर्णय लिइसकेका थिए । आउँदो १५ जनवरीमा फ्यामिली कोर्टमा सुनुवाई थियो । सेटलमेन्ट अमाउन्ट करिब ८ करोड रुपैयाँ तय भएको थियो ।

– सम्बन्धविच्छेद भएपछि नन्दिताले बाँकी सम्पत्तिबाट हक छोड्नुपर्दथ्यो जसको मूल्य करिब २५ करोड मानिन्छ ।

– ओमको सम्पत्तिमा ६ वटा फ्ल्याट र अफिस, खंडाला र करजतमा फार्म हाउस र राजस्थानको एक सम्पत्ति समावेश छन् ।

३. जेठी श्रीमती सीमासँग दोस्रो पटक विवाहको तयारीमा थिए ओमः

– ओम पुनः दोस्रो पटक जेठी श्रीमतीसँग विवाहको तयारीमा थिए ।

– उनीहरुको सम्बन्धविच्छेद धेरै वर्ष पहिले भएको थियो । तर विगत दुई वर्षदेखि उनीहरु एक अर्कासँग नजिकिएका थिए ।

– सूत्र भन्छ, ‘ओम आफ्नो छोरालाई सिनेमामा उच्च शिक्षाका लागि विदेश पठाउन चाहन्थे । छोराका कारण उनका नन्दितासँग केही लगाव थियो ।’

४. मोबाइल फोनको रहस्यः

– ओम पुरीको मृत्यु पछि उनको मोबाइलको विषयमा प्रश्न उठे । यो फोन पुरीकी कान्छी श्रीमती नन्दितासँग भेटियो । भारतीय मिडियाका अनुसार जब पुलिसले अनुसन्धानका लागि फोन मागे तब नन्दितालाई यसलाई दिन अस्विकार गरिन् । यद्यपी, पछि फोनलाई फर्मेट गरेपछि पुलिसलाई बुझाइयो ।

ओम पुरीको मृत्यु सम्बन्धि ६ नयाँ खुलासा

५. हरेक फोनको रेकर्ड राख्दथे ओम पुरीः

– ओम पुरीका नजिकका अनुसार उनी अनावश्यक फोन रेकर्ड डिलिट गर्दथे तब नन्दितासँगको प्रत्येक फोनवार्ता सुरक्षित राख्दथे ।

– ‘मोबाइलको कल रेकर्डमा ओम पुरी र नन्दिता बिच सम्बन्धविच्छेद पछि पनि कुराकानीको रेकर्ड दर्ता भएको छ । मृत्युभन्दा २४ घण्टा पहिले पनि ओम पुरी र नन्दिताबिच थुप्रै पटक कुराकानी भयो । ओम पुरी कुनै कुराका लागि नन्दितालाई फकाइरहेका थिए ।’

६. अनुपम खेरलाई फ्ल्याट बाहिर रोकिएको थियोः

– सूत्रलाई मान्ने हो भने ओम पुरीको मृत्यु पछि शुक्रबार बिहान ८ः५६ मा नन्दिता वकिल लिएर ओकल्याण्ड पार्कस्थित फ्ल्याटमा पुगिन् ।

– बिल्डिङका केही मानिसलगायत ओम पुरीका ड्राइभर राम प्रमोद मिश्रा त्यहाँ थिइन् । नन्दिताले शवलाई देखेपछि सिधै कोठामा गइन् ।

– त्यसपछि त्यहाँ उपस्थित सबैलाई बाहिर निकालिए । अनुपम खेरलाई पनि बाहिर राखियो । शवलाई अस्पताल पुर्याउन लाग्दा ओम पुरीको ब्यागलाई नन्दिताले आफ्नो गाडीमा राखिन् ।

Notes Nepal

ताजा समाचार