रहर जागेको जीन्दगी

प्रकाशित मिति :2017-01-12 13:21:28

कैलाली । ‘एक दिन छिमेकी गाउँको मान्छे मलाई माग्न घर आए । त्यतिवेला मेरो उमेर १२ वर्षको थियो । भविष्यको निर्णय लिन सक्ने अवस्थामा म थिइनँ । तर, पनि घरको कमजोर आर्थिक अवस्थाले मेरो भविष्य राम्रो होला भनेर मलाई पढाउने सर्तमा सानैमा विवाह गर्न आमाबुबा मञ्जुर हुनुभयो । मेरो विवाह हुँदा श्रीमानको उमेर १६ वर्षको थियो ।’ कैलालीको बन बेहडाकी विस्ना थामीले आफ्नो अतित सम्झदै भनिन् ।

सानैमा विवाह हुन लाग्दा विस्ना आत्तिएकी भने थिइनन् । घरमा बुबाले मापसे गरेर दिनहुँ हुने किचलोले उनी हैरान थिइन् । त्यसैमा दुलाहका परिवारले दुःख नदिने र पढाउने भनेपछि त्यति फिक्री भएन । तर विवाह भएको केही समयमै विस्नाले सोचेको सपना भत्कीन पुग्यो । विवाहको केही समय नवित्दै आश्वासन दिएभन्दा फरक व्यहार पाउन थालिन् विस्नाले । १६ वर्षको किशोर श्रीमानले आमा बुबाका अगाडी श्रीमतीको संरक्षण गर्न सकेनन् । विस्तारै मिनाको दाम्पत्य जीवनको समय वित्दै गयो ।

सन्तानको रुपमा एक छोरा पाइन् । घरमा सासुको व्यवहार नफेरिदा घरायसी वेमेल सुरु भयो । आमा र श्रीमतीलाई मिलाउन नसेकपछि उनका श्रीमान विदेश(भारत) गए । यता मिनालाई भने घरेलु हिंसाले च्याप्दै गयो । राम्रो काम गर्दा पनि स्याबासीको साटो मानसिक तनाब पाउन थालिन् । मिनाको मानसिक अवस्थामा केही असन्तुलन देखियो । झर्कने, विर्सने, टाउको दुख्ने जस्ता लक्षणले उनलाई सताउन थाल्यो । त्यसैमाथि सासुको करकरले उनलाई मर्नु न बाँच्नु बनायो । सम्झाउने कोही थिएन । छोरालाई देख्दा समेत रिस उठ्न थाल्यो । ‘राम्रै काम गर्दा पनि गाली गर्नुहुन्थ्यो । तलाई किनेर ल्याएको हो भनेर मलाई तर्साउने गर्नु भयो’ विस्नाले भनिन । दिनहुँ हुने तनावले मानसिक र शारीरिक समस्या बढेपछि उनी कमजोर भइन् । यस विचमा पटक–पटक मर्न मन लागेको उनले बताइन् । मर्ने प्रयास पनि गरिन । ‘जीवनमा केही बाँकी छैन जस्तो लाग्यो उनलाई । तर, उनको जीवन एकाएक फेरियो । ‘हाल म आाफ्नो लागि भए पनि बाच्नुपर्छ भन्नेमा पुगेकी छु । म मा केही गनुपर्छ भन्ने शाहस पलाएको छ’ उनले भनिन् ।

जीवनमा एक्लोपन महसुस गरिरहेको वेला उनको गाउँमा मनोसामाजिक परामर्शकर्ता आइपुगे । सिर्जन समाजको सिर्जना (सि.सिसएस) धनगढीबाट गएका मनोसामाजिककर्ता धनराज विकले उनलाई परामर्श दिन थाले । उनै परामर्शकर्ताको १० पटकको मनोपरामर्शले उनलाई नयाँ जीवन दियो । ‘मैले ५ पटक सम्म आत्महत्या गर्ने प्रयास गरे, मर्न सकिन । निराशाको जीन्दगी बाचिरहेकी थिए । तर, धनराज सरको सम्पर्कमा पुगेपछि मैले जीवनको महत्व थाहा पाएँ । उहाँको परामर्शले मलाई बाच्नुपर्छ भन्ने लाग्यो’ विस्नाले महिला खबरस“ग भनिन् ।

परामर्शपछि मानसिक समस्याबाट विस्तारै सुधार हुन लागेको उनले बताइन् । हिजोसम्म मान्छे देख्ने वित्तिकै रिसाउने विस्नाको हालको व्यहारमा निकै परिवर्तन देखिएको छ । छोटो समयमा आफूमा देखिएको परिवर्तनले घरपरिवार समेत छक्क परेको उनले बताइन् । ‘आजकाल सासुले रिसाए पनि हाँसेर टार्छु, श्रीमानले समेत कसरी ठीक भयो भन्नुहुन्छ’ उनले भनिन् । त्यतिमात्र होइन् विस्ना आजभोली आफू जस्तो समस्या भोगीरहेका महिलालाई सम्झाउने र सल्लाह दिने कार्यमा अग्रसर हुन थालेकी छिन् । ‘हिजोसम्म निरास भएर बस्ने आज सबैलाई सम्झाउँदै हिड्ने भएकी भनेर सबै छक्क पर्छन्’ उनले हास्दै भनिन् । आफु घरमा ३ सन्तानका साथ खुसीसंग बसेको बताउँने उनले श्रीमान मलेसियामा रहेको बताइन् । परामर्शदाता धनराज विकले निरन्तरको परामर्शपछि विस्ना नर्मल अवस्थामा आएको बताए । उनले आफूले परामर्श दिने क्लाइन्ट मध्ये विस्नाको अप्ठेरो परिस्थिति हुँदाहुँदै पनि सफल भएकोमा खुशी व्यक्त गरे ।

उनलाई राम्रो भएपनि थप केही काउन्सिलिङ आवश्यक पर्ने देखिएकोले निग्रानीमा राखेको उनको भनाई छ । उनको स्वास्थ्य उपचारको लागि सिसिएस अन्र्तगत सामी परियोजनाले आवश्यकीय कोषबाट रु ५ हजार नगद सहयोग गरेको परामर्शकर्ता विकले बताए । सामी परियोजनाले वैदेशिक रोजगारमा गएका व्यक्तिको परिवारमा देखिएको मानसिक समस्या तथा विक्षिप्ततालाई कम(समाधान) गर्नको लागि मनोसामाजिक परामर्श सेवा दिने गरेको छ । यसको लागि कैलालीका ५ नगरपालिका र ७ गाविसमा ४ जना मनोसामाजिक परामर्शदाता कार्यरत छन् । सिसिएस अन्र्तगत सामी परियोजनाका कार्यक्रम संयोजक दिपेन्द्र बहादुर भण्डारीले वैदेशिक रोजगारीमा जाने परिवारको सामाजिक लागत घटाउन र मनोसमस्या न्युनिकरण गर्नका लागि परामर्श सेवा दिने गरेको बताए । उनले कैलालीमा बैदेशिक रोजगारीमा गएका परिवारका सदस्यमा चिन्ता, डिप्रेशन, कामको बोझ बढी हुने समस्या तुलनात्मक बढी देखिएको बताए । चार जना परामर्श कर्ताले कैलालीका विभिन्न ठाउँमा ६४ जना मानसिक समस्या भएका व्यक्ति फेला पारेको र ती मध्ये २४ जना परामर्श सेवाबाट सफल भएको बताइएको छ । भने ४० जना परामर्शकर्ताको निगरानीमा छन् ।

Mahila Khabar बाट साभार

Notes Nepal

ताजा समाचार