दिनकै ३ लाख पारिश्रमिक लिन्छन् साउथका यी कलाकार

तपाई यदि साउथ चलचित्रको क्रेजी हुनुहुन्छ भने, एक जना कलाकारलाई प्रायजसो चलचित्रमा देख्नु भएको होला । छोटो होस् या मुख्य, हरेकजसो चलचित्रमा देखिने साउथका कलाकार हुन्, व्रम्हानन्दम ।

उनले आजसम्म साउथका १ हजार भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । कमेडी भूमिकामा प्रस्तुत हुने व्रम्हानन्दम विनाको साउथ चलचित्र दर्शकका लागि खल्लो जस्तै हुन्छ । साउथका सबै सुपरस्टारसँग काम गरिसकेका यी कमेडी कलाकारले एक दिनको ३ लाख पारिश्रमिक लिन्छन् भन्दा तपाइलाई अचम्म लाग्न सक्छ ।

व्रम्हानन्दमले चलचित्रमा काम गर्दा, दैनिक पारिश्रमिक लिने गरेका छन् । एक दिनकै ३ लाख पारिश्रमिक लिने साउथका यी चर्चित कलाकारको आम्दानी कति होला, तपाई अनुमान लगाउन सक्नहुुन्छ ?

क्याम्पसमा उनले सधै केटाहरुको क्यारिकेचर गरेर कमेडी गर्ने गरेका थिए । उनको आर्थिक अवस्था पनि कमजोर थियो । ‘चन्ताबाबाइ’ नामक चलचित्रमा उनले छोटो भूमिकामा पहिलो पटक काम गरेका थिए । यसपछि, उनलाइ साउथ चलचित्रको अफरको त ओइरो नै लाग्यो ।

Notes Nepal
loading...

Loading...

ताजा समाचार