गुरुङको राजनीति र व्यवसाय सँगसँगै

सुनसरी– नेपाली काग्रेसका युवा नेता सिजन गुरुङ बुधबार सुनसरीको धरानस्थित भाटभटेनी सुपर मार्केटको तल्लो तलाको एक क्याफेमा कफि अर्डर दिँदै थिए । तर, त्यो अर्डर उनको लागि भने थिएन । छेवैमा रहेका ग्राहकलाई थियो त्यो अर्डर । केहिछिन पछि फेरि अर्का एक ग्राहकले ‘हटडग’को अर्डर गर्छन् । र त्यो अर्डर लिएर गुरुङ क्याफेका सेफलाई जानकारी दिन्छन् ।
अरु समय प्रायः पार्टीको कार्यक्रममा भाषण गरिरहेका कि समाजिक काममा सकृय रहने गुरुङलाई भाटभटेनीको उक्त क्याफेमा ग्राहकलाई सेवा दिइरहेको देखेर आजकल जोकोही पनि आश्चर्यमा पर्छन् ।
कांग्रेसका महासमिति सदस्य तथा तरुण दलका सुनसरी सभापति गुरुङको दैनिकी आजकल यसरी नै बित्ने गरेको छ । काउन्टरमा बसेर ग्राहकको अर्डर लिने अनि साथिभाईसँग क्याफे आसपासमा गफगाफले उनको समय बित्ने गरेको छ ।
अग्रेजी नयाँ बर्षको शुरुवातबाट गुरुङले करिब १७ लाखको लगानीमा भाटभटेनीको तल्लो तलामा ‘भाटभटेनी फास्टफुड’ शुरु गरेका हुन् । पूर्वमा फास्टफुडको सेवा खासै फस्टाएको छैन । धरान त्यसमा पनि आधुनिक शहरको रुपमा परिचित यस ठाँउमा फास्टफुड आईटम भित्राएपछि उनलाई व्यवसायीक रुपमै व्यस्त बनाएको छ । सफा र सुन्दर फास्टफुडमा उनले १७ किसिमका ‘हाइजेनिक’ फास्टफुड आईटमका सेवा दिन्छन् ।
पूर्वमै पहिलो पटक उनले फाष्टफुडमार्फत बिश्वमै चर्चित बर्गर, स्यान्डवीच, क्याटिरोल, ससेजका साथै कफिका सय आईटम भित्राएका हुन । ‘स्पीडफुड’ आईटम आँखै अगाडी तयार पारेर ग्राहकलाई सेवा दिन थालेपछि फास्टफुडको निकै चर्चा बढेको छ धरानमा । उनको क्याफेमा ११ जना स्टाफलाई सेवा दिन हम्मेहम्मे हुने गर्छ ।
राजनीति करियरको छोटो समयमा लोकप्रिय बनेका युवा नेता गुरुङ राजनीतिबाट अलग भएका भने हैनन् । राजनितिलाई सेवाको रुपमा लिदै व्यवसायलाई जीबिको पार्जनको पाटो बनाएको गुरुङको भनाई छ । गुरुङ भन्छन– ‘हामी सम्पन्न परिवारका व्यक्ति हैनौ, केही दुख त गनै परयो जीवनमा ।’
त्यसो त उनले जीवनयापनका लागी मात्र क्याफे संञ्चालन गरेको बताउछन् । राजनितिको आडमा भएका गुण्डागर्दी, चन्दा आतंक, धाक धम्कीका कारण राजनीतिलाई हेर्ने साेंच समाजमा गलत छ, सबै पैसाको लागी हो मैले राजनीतिलाई कहिल्यै गलत प्रयोग गरिन आफु सक्षम हुनु नै ठुलो कुरा हो’ गुरुङ भन्छन् ।
‘समयको आवश्यकता अनुसार मानिस चल्न सक्नुपर्छ समाजमा सम्पतिको महत्व जति हुन्छ त्यति नै महत्व नैतिकता, इमान्दारिता र चरित्र हुनुपर्छ’ गुरुङ भन्छन– राजनीति र व्यवसायमा पनि धर्म हुन्छ हुनुपर्छ, धर्म बिनाको राजनीति र व्यवसायको कुनै औचित्य हुन्न ।’

Rato Pati

 

Notes Nepal
loading...

Loading...

ताजा समाचार