मेसी बने ‘फ्रिकिक’ विशेषज्ञ!

बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी गोल गर्न खप्पीस भएको कुरा कसैबाट लुकेको छैन। उनी हरेक ‘एङ्गल’ बाट गोल गर्न माहिर मानिन्छन्।

अझ, डिबक्स भित्र विपक्षी गोलरक्षकलाई झुक्याएर गोल गर्नु उनको विशेषता नै हो।

तर, पछिल्लो समय मेसी फ्रिकिकको पनि विशेषज्ञ बन्दै गइरहेका छन्। मेसीले बुधबार कोपा डेल रेअन्तर्गत एथलेटिक बिलाबाओविरूद्ध ७८ मिनेटमा उत्कृष्ट फ्रिकिक गोल गरेका थिए। उनले त्यो गोल बिलाबाओका गोलकिपरलाई हेरेको हेरै पार्दै दाहिने पट्टी च्यापेर ‘लो एङ्गल’ मा गरेका थिए।

मेसीको पछिल्लो तीन खेलमा तेस्रो फ्रिकिक गोल थियो। उनले तीन दिनअघि मात्र भिलारेलविरूद्ध १–१ को बराबरी खेलमा अन्तिम ९० मिनेटमा बार्सिलोनाका लागि गोल गर्दा फ्रिकिककै सहारा लिएका थिए। मेसीको फ्रिकिक गोलका कारण बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा लगातार सातौं वर्ष पनि प्रवेश गरेको थियो।

मेसीको फ्रिकिकबाट यो समेत २६ औं गोल थियो।

उनले आफ्ना क्लबका पूर्व खेलाडी रोनाल्ड कोएमेनको फ्रिकिक गोलको कीर्तिमानलाई बराबरी गरेका हुन्। आफ्नो कीर्तिमानलाई बराबरी गरेपछि इङ्लिस क्लब इभर्टनका हालका प्रशिक्षक कोएमेनले मेसीलाई बधाई दिएका छन्।

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार