मेरो गीत रहिरहोस् : त्रिलोक राना

भूपू मायालुु, तिमीजस्ती छैन कोहीजस्ता श्रोताले अत्यधिक रुचाएका गीतका गायक त्रिलोक राना लामो समय हराए । कतिपयले उनी कतै विदेश पलायन भए कि भन्ने आकलन पनि गरे । तर उनी प्यांक्रियाज र पित्त थैलीको समस्याले थलिएका थिए । ‘प्यांक्रियाजको अप्रेसन गर्नुप¥यो । पित्तथैली पनि फाल्नुुपर्यो‍ । सधैं पे्रसर न्यून हुुने भएकाले ताल र नोट मिलाएर गाउन गाह्रो हुन्थ्यो’, उनले भने, ‘उपचारमा लागेँ । केही समय आराम गरेर गायनमा फर्किएको छु ।’

पूर्ण रूपमा स्वस्थ भएर गायनमा फर्किएका रानाले नयाँ एल्बम ‘वरदान’ ल्याएका छन् । २०५८ सालमा उनको गीत भूपू मायालुुले बजार पिटेको थियो । भन्छन्, ‘त्यही गीतले मलाई स्थापित गरायो ।’ तर, ६ वर्षको ग्याप हुुँदा पहिलाको जत्तिकै अभ्यास गर्नुु परेको उनको भनाइ छ । नयाँ एल्बमका लागि तयारी गर्दै गरेको बेलामा स्वास्थ्यमा अकस्मात् समस्या आएको थियो ।

महोत्तरीको बर्दिवासबाट काठमाडौं छिरेका रानालाई सुुरुका दिन गायनमा फलामको चिउरा चमाउनुजस्तै भएको थियो । संगीत क्षेत्रमा चिनेका कोही थिएनन् । गाउन सोखिन । स्कुुलका कार्यक्रम, क्लब यताउता सधैं प्रथम हुुन्थे । वाहवाही पाउँथे । सबैले राम्रो भनेपछि प्रशंसा पाउने लोभले गायक बन्नकै लागि काठमाडौं छिरेको तर सोचेजस्तो सजिलो नभएको उनले बताए । ‘नाम त भन्दिनँ, त्यति बेला गीतकार र संगीतकारको घरमा कति धाएँ कति तर कसैले अवसर दिएनन्’, उनले स्मरण गरे । बाह्र वर्षसम्म संगीत सिकेका उनी हिट भएपछि सबैले गीत गाइदिए हुुन्थ्यो जस्तो गर्न थाले ।

आधुुनिक गीत धेरै गाएका राना भन्छन्, ‘गीतमा म राम्रो नोटेसनको प्रयोग गर्छुु । सदाबहार दिगो हुुने खालका गीत गाउन मन पराउँछुु । राम्रो गीत नयाँ वा पुुरानो जुुन गायकले गाए पनि टिकिरहन्छ ।’ नयाँ एल्बममा आठवटा गीत समेटेको र यसमा सबै प्रकारका गीत समेटेको उनको भनाइ छ । ‘एल्बम वरदान धेरैपटक सोचेर श्रोतामाझ ल्याएको हुुँ । म रहे पनि नरहे पनि मेरो गीत रहिरहोस् भन्ने लाग्छ’, उनले भने ।

क्यासेट विस्थापित भएपछि सांगीतिक क्षेत्रमा घाटा लागेको उनको भनाइ छ । अहिले एल्बम निकाल्न कम्पनी गुुहार्नुुपर्छ । पहिला क्यासेट डबिङ गर्न कम्पनीलाई भ्याइनभ्याइ हुुन्थ्यो । गाडीका गाडी क्यासेट हालेर लैजान्थे । प्रविधिको विकासले सजिलो भए पनि संगीत उद्योगका लागि विडम्बना साबित भएको छ । गीत बिकाउन म्युुजिक भिडियो बनाउनुुपर्छ तर सबैले सक्तैनन् ।

२०५४ सालपछि काठमाडौं आएर संगीतमा लागेका रानाका मनपराइ तिमीले हत्ते गर्यौ‍ नि, तिमी जस्तो छैन कोही, मनको खाली भित्ताभरि जस्ता गीतलाई श्रोताले रुचाएका छन् । संगीत क्षेत्रमा टिकिरहन कडा मेहनतमा विश्वास गर्ने उनी एक छोरीका बाबुु हुुन्।

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार