अध्ययनको लागि अष्ट्रेलिया आएका पवन श्रेष्ठ यतिबेला गम्भीर तनावमा

काठमाडौं । नेपालबाट अध्ययनको लागि अष्ट्रेलिया आएका पवन श्रेष्ठ यतिबेला गम्भीर तनावमा छन् । उनले एक युवतीलाई सार्वजनिक स्थलमा नै कुटेपछि उनको पासपोर्ट प्रहरीले लिएको छ भने उनको मुद्दा अदालतमा छ । आगामी फेब्रुअरीमा उनले अदालतमा उपस्थित भएर यस घटनाको कारवाही सामना गर्नुपर्नेछ । उनी अष्ट्रेलियाबाट देश निकाला पनि हुन सक्छन् । यही चिन्ताले उनलाई तनावमा पारेको हो ।

अष्ट्रेलियाको सेभेन न्यूजसँग कुरा गर्दै पवन श्रेष्ठले आफुलाई कसैले आक्रमण गरेको र तिनै महिला भएको भ्रममा आफुले उनलाई मुक्का प्रहार गरेको पवनले बताएका छन् । “त्यतिबेला मैले पिएको थिएँ । म कसरी एउटी महिलालाई कुट्न सक्छु ? ऊ पनि त कसैको छोरी हो, कसैको श्रीमती हो । यस्तो मैले गर्नै सक्दिन ।

म उनीसँग माफी माग्न चाहन्छु ।” सेभेन न्यूजमा प्रशारित भिडियामा उनले भनेका छन् । धरौटीमा रिहा भइसकेपछि यतिबेला उनले काम गर्दै आएको म्याकडोनाल्डबाट पनि उनलाई निकालिएको छ । काम पनि गुमाएका पवनले भनेका छन् म मानसिक रोगी होइन । गल्ती भयो, माफ पाउँ ।

 

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार