रामबहादुर बम्जनले विश्व शान्ति पूजा गर्ने

काठमाडौं :

महासम्बोधी गुरु धर्म संघ (रामबहादुर बम्जन) ले ललितपुर बुङ्मतीमा विश्व शान्ति मैत्रीपूजा एवम् महादर्शन कार्यक्रम आयोजना गर्ने भएका छन् ।

आगामी चैत ८ गतेदेखि ३० गतेसम्म उक्त कार्यक्रम आयोजना गर्न लागिएको बोधी श्रवण धर्म संघका अध्यक्ष नीलबहादुर थिङले जानकारी दिए ।

कार्यविनायक नगरपालिका १३ बुगल बुङ्मतीमा हुने कार्यक्रममा विश्वभरबाट भक्तजनको सहभागिता रहने बताइएको छ । उक्त कार्यक्रमलगत्तै गुरु धर्म संघ विश्वका विभिन्न ६३ वटा देशका निमन्त्रणामा विश्व भ्रमणमा निस्कने कार्यक्रम रहेको थिङले बताए ।

Notes Nepal
loading...

Loading...

ताजा समाचार