निःशुल्क सुन्न र पढ्न पाइने स्वस्थानी एप

तपाईंको साथमा स्वस्थानी किताब छैन। तर, सुन्न मन लागेको छ। त्यसोभए एउटा यस्तो एप सार्वजनिक भएको छ, जसले तपाईंले खोजेजस्तै सुविधा दिनेछ। यसअघि लोडसेडिङ, नेपाली पात्रो, हिमाल चिनाउनेलगायत करिब डेढ दर्जन एप बनाइसकेका एप डिजाइनर विभुमान राजभण्डारीले स्वस्थानी व्रतको अवसरमा नयाँ एप सार्वजनिक गरेका छन्।

जसमा, महिनाभरिका सबै अध्याय नि:शुल्क सुन्न सकिनेछ।  ‘श्री स्वस्थानी’ नामक यस एपमा एकसाथ पढ्न र सुन्न सकिनेछ। ‘विदेश बस्ने धेरै साथीहरुले धेरै वर्षअघिदेखि अनुरोध गर्नुभएको थियो,’ राजभण्डारीले सेतोपाटीसँग भने, ‘धेरैको अनुरोधमा सजिलो भाषा र छोटो होस् भन्ने थियो।

हामीले स्वस्थानीका दुइटा किताबमा आधारित रहेर त्यसलाई संक्षेपिकरण गरेका छौं। कथाको मर्म पनि नमर्ने र छोटो समयमा पनि सकिने।’ सुरज शाक्यको अवधारणामा तयार भएको एपका लागि शाक्यले नै कथाको संक्षेपिकरण गरेका हुन्। यो एपमा तिथि–मिति र दिनगन्तीअनुसार हरेक दिनका कथा छुट्टा–छुट्टै राखिएका छन्।

जस्तो कि, तपाईंले अबको १५ दिनपछिको कथा सुन्न चाहनुभयो भने अघिल्ला दिनका कथाहरु सुनिराख्नु पर्दैन। आइफोन र एन्ड्रोइड दुवैमा उपलब्ध हुने यो एप बिहिबार सार्वजनिक भएको हो।

Notes Nepal
loading...

Loading...

ताजा समाचार