श्री स्वस्थानी ब्रत आजबाट सुरु

काठमाडौं, पुस २८ । हिन्दू धर्माबलम्बीहरुले बिहीबार(आज)देखि श्री स्वस्थानीको ब्रत सुरु गरेका छन् ।

पौष शुक्ल पूर्णिमादेखि सुरु हुने ब्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ ।

माघ शुक्ल पूर्णिमासम्म हुने ब्रत अवधिमा हरेक दिन नित्य मध्याह्न कालमा भगवान शिवको आराधना गरिन्छ ।

यस अवधिमा माछा मासु नखाई नुहाई धुवाई गरी एकचित्त बनी एक छाक चोखो खाएर ब्रत बस्ने चलन छ । आजैदेखि काठमाडौंको शाली नदीमा एक महिने मेला लाग्दछ ।

 

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार